मिडियाले परिर्वतन संस्थागत गर्नुपर्छ : अध्यक्ष बिष्ट
कौरव खत्री,
प्रकाशित २०७३ फागुन २ सोमबार
811
Shares
गुल्मी । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष मिडियाले परिर्वतनलाई संस्थात गर्न महत्वपूर्ण भुमिका खेल्दै आएको बताएका छन् । नेपाल पत्रकार महासंघ गुल्मीको पाँचौ जिल्ला अधिवेशन तथा नवनिर्मित भवनको उद्घाटन गर्दै अध्यक्ष बिष्टले नेपालमा भएका सवैखाले परिर्वतनलाई कार्यवन्ययन गर्न र संस्थागत गर्न मिडियाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
विष्टले नेपालका सवैखाले परिवर्तनमा पत्रकारको महत्वपूर्ण योगदान भएकाले त्यो मर्यादालाई बचाईराख्न लाग्नुपर्नेमा जोड दिए । बर्तमान संघीय ढाँचामा पत्रकार महासंघलाई पनि लगिएकाले जिल्ला, क्षेत्र तथा केन्द्रयि महाधिवेशन मार्फत एकताको सन्देश दिन आग्रह गरे । बिष्टले सुविधा सम्पन्न सभापति सहितको भवन निर्माण गर्ने जिल्ला शाखालाई धन्यवाद दिए ।
केन्द्रीय महासचिव उजिर मगरले पत्रकार महासंघ महासंघ जस्तो बन्न कुनै एक्लो संगठनले चलाउन नहुने भन्दै सहमतिको प्रयासमा जान आग्रह गरे ।