arrow

राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका पारित 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ९ बुधबार
nsc-124th-board-meeting-8-9-9.jpeg

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री एवं राष्ट्रिय खेलकुद परिषद् राखेपका अध्यक्ष बब्लु गुप्ताको अध्यक्षतामा परिषद्को १२४औं बोर्ड बैठक सम्पन्न भएको छ । 

बैठकले राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका २०८१, तेस्रो संशोधनसहित पारित गरेको छ । दशौँ राष्ट्रिय खेलकुदसँगै प्रथम पारा राष्ट्रिय खेलकुद आयोजना गर्नका लागि खेल संख्या र खेलाडी कोटाका सम्वन्धमा कार्यकारी समितिले छलफल गरी सिफारिस गर्ने तथा तयारी सम्वन्धमा प्रदेश खेलकुद र विभागीय टिमहरुलाई पत्राचार गर्ने निर्णय भएको छ ।

यस्तै परिषद्लाई नेपाल सरकारबाट विनियोजन भएको चालु आवको वार्षिक योजना, कार्यक्रम र बजेट तथा परिषद्को आन्तरिक अनुमानित आय व्यय पास गरेको छ । 

अन्तर्राष्ट्रिय खेलकुद परिसर सातदोबाटोमा ‘जेनजी शहीद स्मृति पार्क निमार्ण गर्ने, त्यहाँ रहेको अडिटोरियम हललाई जेन–जी स्मृति अडिटोरियम हल नामकरण गर्ने निर्णाय गरेको छ ।

बैठकले सन २०२६ मा जापानमा आयोजना हुने २०औं एशियाली खेलकुदमा नेपालले सहभागिता जनाउने निर्णय पनि गरेको छ । 

बैठकमा परिषद्का उपाध्यक्ष ध्रुव आचार्य, मन्त्रालयका सचिव डा हरिप्रसाद लम्साल, सदस्य सचिव रामचरित्र मेहता, राखेप बोर्ड सदस्य लगायतको उपस्थिति थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ