काठमाडौँ । निर्वाचन आयोगले तोकिएको जरिबाना नबुझाएका छ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ ।
आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा ४ बमोजिम जरिबाना नबुझाएका दललाई सोही ऐनको दफा १२ बमोजिम खारेज गरेको हो ।
आयोगका अनुसार आम आदमी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी लोकतान्त्रिक, नेपाल राष्ट्रवादी पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी गौरवशाली र माओवादी जनमुक्ति पार्टी खारेज भएका छन् ।