arrow

जसपा नेपालले शनिबारदेखि प्रदेशस्तरीय विरोध सभा गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १० बिहिबार
jasapa-nepal-01-31.jpg

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले विभिन्न २८ बुँदे माग र राष्ट्रिय मुद्दाहरू उठाउँदै शनिबारदेखि प्रदेशस्तरीय विरोध सभा गर्ने भएको छ। पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार आन्दोलनका पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत पुस १२ गतेदेखि विभिन्न प्रदेशका मुख्य सहरहरूमा सभाहरू आयोजना गर्न लागिएको हो।

विरोध सभाको कार्यतालिका अनुसार पुस १२ गते कोशी प्रदेशको विराटनगरमा पहिलो सभा हुनेछ। त्यसलगत्तै मधेस प्रदेशका दुई सहरहरू पुस १४ गते जनकपुर र १५ गते वीरगञ्जमा विशाल विरोध सभा गरिनेछ। यस्तै, पुस १७ गते लुम्बिनी प्रदेशको भैरहवामा सभा आयोजना हुने पार्टीले जनाएको छ।

यसअघि जसपा नेपालले सातै प्रदेशमा प्रशिक्षण र प्रदेश समितिहरूको अधिवेशन सम्पन्न गरिसकेको छ। सङ्घर्षका कार्यक्रमअन्तर्गत पार्टीले यसअघि नै विभिन्न निर्वाचन क्षेत्रका सहर-बजारमा कोण सभा, प्लेकार्ड र ब्यानर सहितका प्रदर्शन तथा जिल्ला प्रशासन कार्यालयहरू अगाडि धर्ना दिने काम गरिसकेको छ। अहिले गर्न लागिएको प्रदेशस्तरीय सभाहरूलाई पार्टीले आफ्नो शक्ति प्रदर्शन र मागहरू पूरा गराउने दबाबका रूपमा लिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ