‘प्रेम’ प्रहरी फन्दामा

प्रकाशित मिति : २०७३ फाल्गुण ३ मंगलबार

काठमाडौं । अनुसन्धान विभागको असई बनाईदिन्छु भनि ठगी गर्ने व्यक्ती एक प्रहरीको फन्दामा परेका छन् । कञ्चनपुर झलारी पिपलाडी –५का दिपेन्द्र कार्कीसहितका व्यक्तिलाई राष्ट्रिय अनुसन्धान विभागको प्रहरी सहायक निरीक्षक असईमा जागिर लगाईदिन्छु भन्दै प्रति व्यक्ति २ देखि ७ लाख सम्म असुल्ने प्रेम पुरी प्रहरीको फन्दामा परेका हुन् ।

मोरङ, बेलबारी–४ घर भएका २७ वर्षीय प्रेम किर्तिपुर बस्दै आएका प्रहरीको अपराध महाशाखाले जनाएको छ । प्रेमले पीडितलाई असईको  नियुक्ति पत्र दिन्छु भनेको र नियुक्ति पत्र नपाएपछि प्रेमलाई कारबाहीको माग गरी अपराध महाशाखामा २ जना पीडित तथा आफन्तले निवेन दिएपछि फागुन १ गते  झापाको काकडभिट्टाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ठगिमा संलग्न प्रेमलाई महानगरीय प्रहरी परिसर, टेकु पठाइएको अपराध महाशाखाले जनाएको छ । अनुसन्धानबाट अरुलाई प्रलोभनमा पार्न जिल्ला विकास समितिको कार्यालय राजविराज, सप्तरी बाट जारी भएको आफ्नो गाविस सचिव पदको नक्कली स्थायी नियुक्तिको पत्र दिदै हिँडेको र पीडितसँग आईएमईबाट पैसा लिने गरेको खुलेको छ ।

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ