arrow

नेपाल–भारत सीमा नाका बन्द

logo
प्रकाशित २०७३ फागुन ३ मंगलबार
nepal-india.jpeg

कैलाली । कैलाली र कञ्चनपुरका सीमा नाका भारतले ४८ घन्टाका लागि बन्द गरेको छ । भारतको उत्तराखण्डमा फागुन ४ गतेदेखि हुने विधान सभाको निर्वाचनलाई लक्षित गरेर नेपालसँग सीमाना जोडिएका कैलाली, कञ्चनपुरका नाका सोमबार बेलुकी ५ बजेदेखि वुधबारसम्मका लागि बन्द गरेको कैलालीका प्रहरी उपरीक्षक अर्जुन चन्दले जानकारी दिए ।

विधानसभाको निर्वाचनलाई लक्षित गर्दै भारतीय पक्षले सीमा नाकामा उच्च सतर्कता बढाएको उपरीक्षक चन्दले बताए । उत्तराखण्ड राज्यमा पनि एकै दिन विधानसभा चुनाव परेकोले बैतडी र दार्चुलाका सीमा नाका पनि यसअघि बन्द भइसकेका छन् । भारतले निर्वाचनका लागि सुरक्षा संवेदनशीलता देखाउँदै सीमा नाका बन्द गरेको हो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ