arrow

अल्लो प्रशोधन केन्द्र सञ्चालनमा

logo
प्रकाशित २०७२ पुष ९ बिहिबार
Bajura-hamrakura.jpg.jpeg
बाजुरा । जिल्लाको छतारा गाविसमा अल्लो प्रशोधन केन्द्र उद्योग सञ्चालन गरेको छ । अल्लो प्रशोधन उद्योग सञ्चालनमा आएपछि जिल्लाका छतारा, तोली, कैलाशमाण्डौँ, बाह्रबिस, कुल्देवममाण्डौँलगायत गाविसका स्थानीयबासी निकै खुसी बनेका छन् । छतारा अल्लो प्रशोधन सामुदायिक महिला समूहबाट सञ्चालन हुँदै आइरहेको छ । सामुदायिक अल्लो प्रशोधन महिला समूहका अध्यक्ष सावित्री बुढाले यो उद्योग सञ्चालन भएको दुई वर्ष भइसकेको बताउनुभयो । उद्योगमा वार्षीक रु पाँचदेखि रु सात लाखसम्मको कारोबार हुने गरेको छ । 
 
जलस्रोत परियोजनाको रु दुई लाख ५० हजार, घरेलु तथा साना उद्योग विकास समितिको रु ८० हजार र समूहको रु दुई लाख ५० हजारको सयोगमा उद्योग सञ्चालन गरिएको समूहकी सचिव पवनादेवी बुढाले बताउनुभयो । जिल्लामा २१ वटा अल्लो प्रशोधन उद्योग दर्ता भए पनि अहिले एक वटा मात्र सञ्चालनमा आएको छ । उद्योगले उत्पादन गरेको अल्लोबाट बनेको धागो, कपडा, झोला बुनाई जस्ता सामग्रीको उचित व्यवस्थापन तथा बजारीकरण भने हुन सकेको छैन । 
 
अल्लो उद्योग सञ्चालनमा आएपछि स्थानीयबासिन्दाले लोक्ता सङ्कलन गरेर मासिक रु १० हजारदेखि रु १५ हजारसम्म आम्दानी गर्ने गरेको छ । उद्योग सञ्चालन भएपछि स्थानीय १५ जना महिला प्रत्यक्ष लाभान्वित बनेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ