arrow

समानुपातिकतर्फ अन्तिम दिन दलहरूले बुझाए उम्मेद्वारको बन्दसूची [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १४ सोमबार
narayan-pd-bhattrai-14-09.jpg

काठमाडौँ । अगामी फागुन २१ हुने प्रतिनिधि सभा निर्वाचनका लागि सोमबार साँझसम्म जम्मा १० ओटा पार्टीले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेद्वारको बन्दसूची बुझाएका छन् ।

समानुपातिकको बन्दसूची बुझाउने अन्तिम दिन सोमबार साँझसम्म १० ओटा दलहरूले बन्दसूची बुझाएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

आयोगले सोमबार अपरान्ह ४ बजेसम्म सूची बुझाउन भनेको भए पनि ठूला दलहरूले अहिलेसम्म उम्मेद्वार सूची बुझाएका छन् । 

प्रवक्ता भट्टराईले निस्सा लिएर गएका पार्टीहरूले आज सोमवार राति वा मंगलबार बिहानसम्म पनि आफ्नो समानुपातिक बन्दसूची बुझाउन पाइने बताए ।

उनले आयोग राति अबेरसम्म भएरसमेत सेवा जारी राख्ने बताए ।

उनले भने, ‘प्रतिदल ५० हजार रुपैयाँ धरोटी बुझाउनुपर्ने हुन्छ। अहिलेसम्म धरौटी बुझाउने दलहरूको संख्या ५५ पुगेको छ। सोहीअनुसार थप हुने क्रम जारी छ । निस्सा रुजु गरेर बन्दसूचीमा जाने भएको कारण सूची बुझाउने दलहरूको संख्या कम नै छ । १० ओटा दलले सूची बुझाएका छन् यो बढ्दै जाने छ । यता धरौटी बुझाइसकेको र निस्सा लिने कार्य भएको कारण यो संख्या बढ्दै जानेछ ।’

उनले दलहरूले निस्सा लिने कार्य जारी रहेकोले सूची बुझाउने दलहरूको संख्या बढ्दै जाने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ