arrow

चितवनमा थपियो ३४ मतदान केन्द्र

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १५ मंगलबार
election-commision-09-13.jpg

चितवन । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि चितवनमा ३४ मतदान केन्द्र थपिएका छन् ।

प्रतिनिधि सभा निर्वाचन २०७९ मा भन्दा अहिले हुन लागेको निर्वाचनमा मतदाता थपिएसँगै जिल्लामा मतदान केन्द्र थप भएका हुन् ।

 

 

 

जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार गत निर्वाचनमा जिल्लामा ४६० मतदान केन्द्र रहेकामा आगामी फागुन २१ गते हुने निर्वाचनमा ४९४ केन्द्र कायम गरिएको छ ।

त्यसमा क्षेत्र नम्बर १ मा एक सय ६८, क्षेत्र नम्बर २ मा एक सय ५२ र क्षेत्र नम्बर ३ मा एक सय ७४ मतदान केन्द्र कायम गरिएको छ ।

उनका अनुसार मतदानस्थल भने थप भएका छैनन् । गत निर्वाचनमा कायम रहेका एक सय ६२ मतदानस्थल नै कायम गरी केन्द्र थप गरिएको उनले जानकारी दिए ।

उनले भने, “मतदान केन्द्र थपिएका छन्, स्थल भने पहिलाको नै हो ।”

 

क्षेत्र नम्बर १ मा ५६, क्षेत्र नम्बर २ मा ४३ र क्षेत्र नम्बर ३ मा ६३ मतदानस्थल रहेको उनले जानकारी दिए ।

यस वर्षको प्रतिनिधि सभा निर्वाचनमा जिल्लामा चार लाख ४२ हजार ८२ मतदाता रहेका छन् ।

प्रतिनिधि सभा निर्वाचन २०७९ मा जिल्लामा चार लाख आठ हजार ३४२ मतदाता रहेका थिए ।

उनले ३३ हजार सात सय ४० जना मतदाता थपिएको बताए।

क्षेत्र नम्बर १ मा एक लाख ४९ हजार छ सय २१, क्षेत्र नम्बर २ मा एक लाख ३७ हजार एक सय ५२ र क्षेत्र नम्बर ३ मा एक लाख ५५ हजार तीन सय नौ मतदाता कायम भएको उनले बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ