arrow

गण्डकीमा अठार लाख बढी मतदाता, १२ सय ९७ मतदानस्थल कायम

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १५ मंगलबार
election gandaki.jpg

पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा कुल १८ लाख ७० हजार ६५ मतदाता कायम भएका छन् ।

प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसारका सबैभन्दा बढी कास्कीमा तीन लाख आठ हजार पाँच सय ७२ मतदाता छन् । सबैभन्दा कम मनाङमा मतदाता सङ्ख्या जम्मा सात हजार छन् । 

स्याङ्जामा दुई लाख ४८ हजार आठ सय १६, तनहुँमा दुई लाख ५४ हजार तीन सय ९७, नवलपुरमा दुई लाख ६८ हजार पाँच सय २६, गोखरामा दुई लाख २९ हजार ५८ र बागलुङमा एक लाख ९३ हजार १८१ मतदाता कायम भएका छन् । 

यस्तै लमजुङमा एक लाख ३७ हजार एक सय २४, पर्वतमा एक लाख २५ हजार चार सय ६६, म्याग्दीमा ८६ हजार तीन सय ९७ र मुस्ताङमा ११ हजार तीन सय ३८ मतदाता छन् ।

निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेका अनुसार प्रदेशका कुल मतदातामध्ये नौ लाख १४ हजार पाँच सय ३५ पुरुष, महिला नौ लाख ५५ हजार पाँच सय १६ र अन्य १४ जना रहेको उनले बताए । प्रदेशका ११ ओटै जिल्लामा एक हजार दुई सय ९७ मतदानस्थल र दुई हजार तीन सय ९६ मतदान केन्द्र कायम गरिएको छ । 

गोरखामा दुई सय २५, स्याङ्जामा एक सय ९९, कास्कीमा एक सय ५३, तनहुँमा एक सय ४४, लमजुङमा एक सय ३०, नवलपुरमा एक सय १४, बागलुङमा एक सय सात, म्याग्दीमा ८२, पर्वतमा ७६, मुस्ताङमा ३९ र मनाङमा २८ मतदानस्थल छन् । विसं २०८२ फागुन २० गतेभित्र १८ वर्ष पुगेकाले मतदान गर्न पाउने जनाइएको छ । 

निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी गत असोज १० देखि मङ्सिर ५ गतेसम्म मतदाता नामावली सङ्कलन गरेको थियो । बायोमेट्रिय विधि र राष्ट्रिय परिचयपत्रका आधारमा मतदाता नामावली दर्ता गरिएको थियो । 

गण्डकी प्रदेशमा विसं २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा १६ लाख ६२ हजार दुई सय ४६ मतदाता थिए । अहिलेको चुनावमा दुई लाख सात हजार आठ सय १९ नयाँ मतदाता थपिएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ