arrow

फागुन २१ को निर्वाचन

प्रतिनिधि सभा निर्वाचनः समानुपातिकको बन्द सूची सार्वजनिक [पूर्णपाठ]

यस्तो छ समानुपातिक प्रणालीतर्फको बन्द सूची पेस गर्ने राजनीतिक दल र निर्वाचन चिह्नको विवरण 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १५ मंगलबार
election-falgun2102082-1.jpg

काठमाडौँ । निर्वाचन आयोगमा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्द सूची पेस गर्ने राजनीतिक दल र निर्वाचन चिह्नको विवरण सार्वजनिक भएको छ । 

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा कुल ६४ दलले सूची बुझाएकामा ५८ दलले ५८ निर्वाचन चिह्नमा उम्मेदवारी दिएका छन् । 

आयोगले यही पुस १३ र १४ गतेका लागि बन्द सूची बुझाउने कार्यतालिका निर्धारण गरेको थियो । सोमबार राति अबेर र मंगलबार बिहानसम्म गरेर कुल ६४ राजनीतिक दलले बन्द सूची बुझाएका थिए । 

प्राप्त बन्द सूचीका सम्बन्धमा मंगलबार पुस १५ देखि २० गतेसम्म छानबिन गर्ने कार्यतालिका रहेको छ । 

बन्दसूची पूर्णपाठ



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ