arrow

नयाँ भनिएका राजनीतिक शक्तिहरूको वैचारिक आधार स्पष्ट छैन - कमल थापा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १५ मंगलबार
kamal-thapa-15-09.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमा अध्यक्ष कमल थापाले नयाँ भनिएका राजनीतिक शक्तिहरूको वैचारिक आधार स्पष्ट नभएको बताएका छन् ।

मंगलबार राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि उनले नयाँ भनिएका राजनीतिक शक्तिहरूले केवल पात्र परिवर्तनको कुरामात्र गरिरहेको भन्दै अहिलेको अवस्थामा पात्र, दल वा अनुहार मात्र परिर्वन गरेर देशको संकट समाधान नहुने धारणा राखे ।

उनले देशका प्रमुख भनिने राजनीतिक दल एमाले र कांग्रेस भ्रष्ट व्यवस्थाका संवाहक भएको भन्दै उनले भ्रष्ट व्यवस्था र शासकबाट देशलाई मुक्त गराउन उनीहरूबाट सम्भव नरहेको बताए ।

उनले भने, ‘भ्रष्ट व्यवस्था र शासकबाट देशलाई मुक्त तुल्याउने कार्य देशका प्रमुख भनिने राजनीतिक दल एमाले र कांग्रेसबाट सम्भव छैन् । किनकी उनीहरू नै यो भ्रष्ट व्यवस्थाका संवाहक हुन् । भ्रष्ट शासकको रुपमा उनीहरू परिचित छन् । नयाँ भनिएका राजनीतिक शक्तिहरूको वैचारिक आधार स्पष्ट छैन्। उनीहरू केवलपात्र परिवर्तनको कुरामात्र गरिरहेको छन् । अहिलेको अवस्थामा पात्र दल वा अनुहारमात्र परिर्वन गरेर देशको संकट समाधान हुँदैन । पात्र मात्र होईन् बाटो नै परिवर्तन गर्नुपर्छ ।’

उनले देशले अभिलम्व गर्दै आएको वैचारिक अवधारणा र मार्गचित्रमा सुधार गर्न आवश्यक रहेको भन्दै त्यो सुधार गर्न सक्ने राष्ट्रवादीको निर्माण राप्रपा र राप्रपा नेपालको एकताबाट हुने दाबी गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ