arrow

स‌ंशयमा स्ववियु निर्वाचन, यही अवस्थामा चुनाव गर्न नसकिने क्याम्पस प्रमुखको भनार्इ

logo
प्रकाशित २०७३ फागुन ४ बुधबार
FSU.jpeg
काठमाडौँ । आठ वर्ष पछि हुन लागेको स्ववियु निर्वाचन फेरि अन्योलमा परेको छ । विभिन्न विद्यार्थी संगठनहरुले विभिन्न माग राख्दै राजधानी तथा राजधानी बाहिरका क्याम्पसमा समेत तालाबन्दी गरिरहेका छन् । यही तालाबन्दीका बावजुत स्ववियु निर्वाचन गराउन नसकिने विभिन्न क्याम्पस प्रमुखहरुले बताउँसँगै लामो समसयसम्म हुन नसकेको स्ववियुको भविष्य फेरि अन्यौलमा परेको हो । 
 
यही विषयमा कुरा गर्नको लागि मंगलबार त्रिभुवन विश्वविद्यालयले काठमाडौंका विभिन्न क्याम्पसका प्रमुखहरुसँग स्ववियु निर्वाचनको तयारीका विषयमा छलफल गर्न बोलाएको थियो । सो छलफलका क्रममा क्याम्पसप्रमुखहरुले तालाबन्दी भईरहेको अवस्थामा क्याम्पसमा स्ववियु निर्वाचन गराउन नसकिने बताएका हुन् ।  
 
त्रिविले स्ववियु निर्वाचन तयारी कसरी गर्न सकिन्छ भनेर उपत्यकाका २० क्याम्पसका क्याम्पस प्रमुखलाई बोलाएर मङ्गलबार छलफल गरेको त्रिविका रजिस्ट्रार डिल्लीप्रसाद उप्रेतीले जानकारी गराए । 
 
उनले छलफलका क्रममा केही क्याम्पस प्रमुखले क्याम्पसमा तालाबन्दी रहेको अवस्थामा निर्वाचन गर्न सम्भव नहुने बताएको जानकारी गराए । “६–सातवटा क्याम्पस प्रमुखले ताला लगाएको अवस्थामा निर्वाचन गराउन सम्भव नभएको तर हामीले नआत्तिन भनेका छौँ । निर्वाचन कार्यतालिका एक–दुई दिन फरक भएपनि केही फरक पर्दैन । हामी सरकार, राजनीतिक दल र विद्यार्थी सङगठनसँग निर्वाचन सम्पन्न गर्नका लागि वातावरण निर्माण गर्छौं भनेका छौँ’’, उनले भने। 
 
यही फागुन १ गतेदेखि स्ववियु निर्वाचन प्रक्रिया सुरु भएकोमा अहिलेसम्म त्रिविका ६० मध्ये ३५ क्याम्पसमा मात्र निर्वाचन प्रक्रिया सुरु भएको छ । नेपाल विद्यार्थी सङ्घका असन्तुष्ट पक्षले उमेरको हदबन्दीको विषयमा र नेत्रविक्रम चन्द नेतृत्वको माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीले निर्वाचन प्रक्रिया र फर्जी भर्ना रोक्न माग गर्दै क्याम्पसमा तालाबन्दी गरेका छन् । 
 
निर्वाचन प्रक्रियाअनुसार आजदेखि उम्मेदवारको मनोनयन पत्र वितरण गर्दैछ । त्रिविले ८ वर्षपछि गर्न लागेको यसपटकको स्ववियु निर्वाचन २८ वर्षे उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीमा गर्दैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ