arrow

राप्रपाको एजेण्डाको लोकप्रियता र स्वीकार्यता बढ्दै गएको लिङ्देन दाबी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १६ बुधबार
rajendra-lingden-16-09.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पछिल्लो समय पार्टीको एजेण्डाको लोकप्रियता र स्वीकार्यता बढ्दै गएको दाबी गरेका छन् ।

बुधबार काठमाडौँमा आयाजित राप्रपा र राप्रपा नेपालबीचको एकता सभालाई सम्बोधन गर्दै सो दाबी गरेका हुन् ।

उनले एजेण्डाजस्तै देशभर पार्टीको स्वीकार्यता बढाउनेगरी संगठित भएर अगाडि बढ्नुपर्नेमा उनको जोड छ ।

उनले राप्रपामा समाहित राप्रपा नेपालका अध्यक्ष कमल थापानालाई विगतका कुराहरू सम्झिएर अन्यथा नलिन आग्रह गर्दै अध्यक्षको हैसियतले सबैलाई मिलाएर लैजाने प्रतिवद्धता जनाए ।

उनले विगतका घटनाहरूलाई नराम्रो सपना सम्झेर बिर्सिदिन समेत आग्रह गरे ।

उनले राप्रपाले सामना गर्नुपर्ने चुनौतीहरू थुप्रै रहेको उल्लेख गर्दै ती चुनौतीहरूको सामना गर्न विचार मिल्ने सबै व्यक्ति र समूहलाई एकतामा आउन समेत आह्वान गरे ।

अध्यक्ष लिङ्देनले भने, ‘पार्टी अध्यक्षको हिसावले सबैलाई मिलाएर लान्छु । तपाइँहरू कसैले पनि अन्यथा मनमा राख्नु पर्दैन सबैलाई मिलाएर लैजाने जिम्मेवारी मेरो हो । हिजो हामी अलग थियौँ भन्ने कुरा बिर्सनुपर्छ । जीवनमा कहिलेकाँही आफैं मरेको सपना देखिन्छ तर तर बिहान उठ्दा केही पनि हुँदैन । त्यसकारण यसलाई पनि नराम्रो सपना मानेर बिर्सिएर जानुपर्छ । हाम्रा सामु धेरै चुनौतीहरू छन् । हामी यति मात्रै पर्याप्त छैनौँ ती चुनौतीहरूको सामना गर्नको लागि अहिले देशमा हाम्रो एजेण्डा लोकप्रिय भएको छ । हाम्रो एजेण्डाको लोकप्रियता र स्वीकार्यता पनि बढेको छ । तर त्यही ढंगले पार्टीको स्वीकार्यता पनि बढाउनुपर्नेछ । हाम्रा विचारको समर्थन गर्ने आम मानिसलाई पनि यही जोडेर ल्याउनुपर्नेछ ।’

उनले अगामी प्रतिनिधि सभा निर्वाचनमा आगामी प्रतिनिधि सभा निर्वाचनमा राप्रपालाई प्रमुख राष्ट्रवादी शक्तिका रूपमा स्थापित गर्ने दाबी पनि गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ