arrow

नेपालका सरकारी कर्मचारीहरुलाई निशुल्क चिनियाँ भाषा कक्षा !

भाषा सिक्न कर्मचारीहरुमा तँछाडमछाड

logo
प्रकाशित २०७३ फागुन ४ बुधबार
Karmachari_chinese-_language.png
काठमाडौं । चीन सरकारले नेपालको शिक्षा मन्त्रालयका कर्मचारीहरुलाई निशुल्क चिनियाँ भाषा सिकाउन थालेको छ । दुईदेशीय सम्बन्धमा पछिल्लो समय सामिप्यता बढ्दै गईरहेको बेलामा चीनले शिक्षा मन्त्रालयका कर्मचारीहरुको लागि चिनियाँ दूताबासको माध्यमबाट चिनियाँ भाषा सिकाउन थालेको हो । 
 
शिक्षा मन्त्रालयका जो कोही कर्मचारीलाई पनि कार्यालय समयमा असर नपर्नेगरी चिनियाँ भाषा सिक्न इच्छा भए जानको लागि मन्त्रालयले नै आग्रह गरेको मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख हरि बस्यालले जानकारी दिए । उनले इच्छा भएकाहरुलाई कार्यालय समयलाई असर नपर्ने गरी यो अवसरको सदुपयोग गरिएको आग्रह गरे । 
 
चिनियाँ दूताबासको सहयोगमा ललितपुरको बालकुमारीमा रहेको कन्फ्यूसियस इन्सिच्यूटले अहिले भाषा सिकाईरहेको छ । गत आईतबारबाट सुरु भएको कक्षामा उल्लेख्य मात्रामा कर्मचारीहरुले सहभागिता जनाएको इन्स्टिच्यूटले जनाएको छ । इन्स्टिच्यूटका अनुसार अहिले ३४ जनाले भाषा सिक्नका लागि फारम भरेका छन् । अब आफूले यस पटकलाई तोकेको कोटा पूरा भएकोले अबथ प भर्ना नलिने तयारीमा इन्स्टिच्यूट रहेको छ । 
 
सामान्यतया ६ महिने कोर्समा चिनियाँ भाषा सिक्नको लागि १० हजार रुपैयाँ लाग्ने गरेको छ । सो कोर्समा सामान्य व्यक्ति चीनमा गएर पनि त्यहाँका व्यक्तिहरुसँग सहजै कुराकानी गर्न सक्ने बनाईन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ