arrow

उपग्रह प्रक्षेपणमा भारतले रुसलाई पछार्‍याे, एकै पटक १०४ उपग्रह प्रक्षेपण

logo
प्रकाशित २०७३ फागुन ४ बुधबार
ISRO-news-aa.jpeg

दिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान इसरोले एकै साथ १०४ स्याटेलाइट प्रक्षेपण गरेर नयाँ इतिहास रचेको छ । यो अभियानका क्रममा प्रक्षेपण गरिएका १०४ उपग्रह मध्ये तीन भारतका छन् । बाँकी १०१ स्याटेलाइट इजरायल, काजख्स्तान, नेदरल्याण्ड्स, स्वीट्जरल्याण्ड र अमेरिकाको रहेका बताइएको छ ।  

भारतीय संचारमाध्यमका अनुसार भारतले अन्तरिक्ष अभियानमा यसअघि कहिल्यै इति धेरै उपग्रह एकै साथ प्रक्षेपण गरेको थिएन । इसरोसँग यसअघि २० वटा उपग्रह सँगै प्रक्षेपण गरेको रेकर्ड थियो । यस्तै, अन्तरिक्ष अभियानमा सबै भन्दा बढी उपग्रह प्रक्षेपण गर्ने विश्व रेकर्ड रुसको नाममा थियो । त्यो रेकर्ड भारतले तोडेको बताइएको छ । रुसले सन् २०१४ मा एक अभियानका क्रममा ३७ उपग्रह प्रक्षेपण गरेको रेकर्ड छ ।

अभियानबारे जानकारी दिँदै इसरोका अध्यक्ष एएस किरण कुमारले भने, ‘प्रक्षेपण गरिएका मध्ये एक उपग्रहको तौल ७३० किलो छ । बाँकी दुई वटाको तौल समान १९ किलोका छन् । यस अलावा हामीसँग ६ सय किलो तौल प्रक्षेपण गर्ने क्षमता थियो । त्यसैले हामीले १०१ स्याटेलाइलाई पनि प्रक्षेपण गर्ने निर्णय गरेका हौँ ।’ प्रक्षेपणमा भएको खर्च विवरण भने उनले सुनाएनन् । यद्यपि, विदेशी स्याटेलाइटबाट सय करोड बढी आम्दानी भएको बताइँदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ