arrow

ब्रसेल्समा परराष्ट्रमन्त्रीले भने– नेपालको शान्ति प्रक्रिया उदाहरणीय

logo
प्रकाशित २०७३ फागुन ४ बुधबार
pararastramantri-g-news-a.jpeg

ब्रसेल्स । नेपालले गएको दशकमा प्राप्त गरेको शान्ति प्रक्रियाको सफलता र अनुभव विश्वका लागि एक सफलताको उदाहरण हुनसक्ने बताएका छन् । नेपालले प्राप्त गरेको यो सफलता र अनुभवबाट विश्वका कुनै पनि द्वन्द्वग्रस्त देश तथा द्वन्द्व व्यवस्थापनमा सम्लग्न पक्षले सिक्नसक्ने मन्त्री हतको भनाई छ ।
ब्रसेल्समा आयोजित शान्ति र मध्यस्थतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई मंगलबार राति सम्बोधनगर्दै मन्त्री महतले शान्ति सम्झौतापछिको नेपालको यो पछिल्लो दश वर्ष नेपाललाई सशस्त्र द्वन्द्वबाट शान्तिपूर्ण प्रजातान्त्रिक अवस्थासम्म ल्याउनका लागि एक सफल घटना भएको बताए ।

मन्त्री महतले यो सफलताका लागि छिमेकी देशहरुको सद्भाव, संयुक्त राष्ट्रसंघको संलग्नता र विश्व समुदायको सद्भाव एवं सहयोग तथा नागरिक समाज, सञ्चारमाध्यम निजी क्षेत्र लगायत समाजका विभिन्न तह र तप्काको सहयोग महत्वपूर्ण रहेको धारणा राखेको जनसम्पर्क तथा प्रेस संयोजक एकराज पाठकले बताए ।
 
समन्वय र सहयोग, पारस्पारिक विश्वास, राजनीतिक दलहरुमा राष्ट्रियस्तरको एकता र सहमति तथा नागरिक समाजको सक्रियता र सहयोगविना कुनै पनि देशमा शान्ति स्थापना असम्भव भएको मन्त्री महतको भनाई छ । नेपालको शान्ति प्रक्रिया सन् २००५ मा नेपाल सरकार र तत्कालीन विद्रोही माओवादी पार्टीसँग भएको सम्झौताबाट सुरु भएको हो र त्यसको एकवर्षपछि सन् २००६ को नोभेम्बरमा सम्पन्न शान्ति सम्झौताबाट नेपालको तत्कालीन सशस्त्र द्वन्द्वको अन्त्यको बाटो खुलेको हो ।

मन्त्री महतले भने, ‘हाम्रो लागि सो शान्ति सम्झौताको कार्यान्वयन गरी सशस्त्र विद्रोही समूहकै सम्लग्नतामा संविधान सभाको निर्वाचन र त्यसमार्फत नयाँ संविधानको निर्माणको काम राष्ट्रिय राजनीतिको प्रमुख कामका रुपमा रहेको थियो । द्वन्द्वरत पक्षसँगको शान्ति सम्झौतामा भएको व्यवस्थाबमोजिम सत्य तथा मेलमिलाप आयोगले काम गरिरहेको र यसले जघन्य अपराधमा सम्लग्नलाई कारबाहीको लागि सिफारिश गर्ने अधिकार रहेको पनि बताए ।

नेपालमा शान्ति प्रक्रियाको पूर्णताका लागि नेपाल सरकारको प्रमुख कार्य भनेको माओवादी विद्रोहीलाई नेपाली सेनामा शान्तिपूर्ण समायोजन र केहीको पुनस्र्थापना, संविधान सभाको निर्वाचन सम्पन्न गर्नु, संक्रमणकालीन न्यायका लागि संयन्त्रको निर्माण गर्नु र नयाँ संविधान निर्माणगरी जारी गर्नुजस्ता प्राथमिकताहरु रहेको मन्त्री महतले स्मरण गरे ।

निकै कठिन र लामो प्रयासपछि हामीले सन् २०१५ मा नयाँ संविधान पनि जारी गरियो, मन्त्री महतले भने । यसरी सन् २०१५ मा नयाँ संविधान जारी गरेपछि भने नेपालको शान्ति प्रक्रियाले पूर्णता पाएको छ र यसका लागि नेपालले अपनाएको प्रक्रिया प्रजातान्त्रिक, समावेशी, शान्तिपूर्ण र नेपालीपनको थियो– मन्त्री महतले भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ