तोकिएको मितिमा चुनाव सफल पार्नु सबैको साझा कर्तव्यः दाहाल [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २० आइतबार
759
Shares
काठमाडौँ। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभा निर्वाचनलाई सफल पार्न सबै पक्षलाई आग्रह गरेका छन् ।
प्रमुख दलका नेताहरूले निर्वाचन हुनेमा आशंका गरिरहेका बेला उनले सो निर्वाचनलाई सफल पार्न सबै पक्षलाई आह्वान गरेका हुन् ।
काठमाडौँमा आयोजित संविधान कार्यान्वयनका १० वर्ष, उपलब्धि, समस्या, चुनौती र सुझाव नामक पुस्तक लोकार्पण समारोहमा अध्यक्ष दाहालले प्रतिनिधिसभा निर्वाचन र राष्ट्रिय सभा निर्वाचनलाई सफल पार्नु सबै नेपालीहरूको साझा कर्तव्य भएको समेत बताए ।
उनले संविधानको आवश्यक समीक्षा गरी संशोधनका लागि इमान्दार भएर लाग्न पनि सबै राजनीतिक दलहरूको ध्यानाकर्षण गराए । अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण हुनेगरी संविधान संशोधन गर्न आवश्यक रहेको समेत बताए ।
उनले भने, ‘जेन-जी आन्दोलनले उठाएका माग र सवालमा सबै पक्षको यथेष्ट ध्यान जान जरुरी पनि छ । साथै माग ११ गतेको राष्ट्रिय सभा सदस्य निर्वाचन तथा फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन सफल पार्नु हामी सबै नेपालीको साझा कर्तव्य हो भनेर बुझ्न पनि म अनुरोध गर्न चाहन्छु । संविधानलाई अझ प्रभावकारी, उत्तरदायी, जनमुखि बनाउन यो पुस्तकले सकारात्मक योगदान पुर्याउन सकोस् । संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ होस् । र जनताको बलिदानको सधैँ सम्मान रहोस् ।’
अध्यक्ष दाहालले जेन-जी आन्दोलनले उठाएका माग र सवालमा सबै पक्षले यथेष्ट ध्यान दिनुपर्नेमा पनि जोड दिए ।