arrow

धनकुटा एमाले

अन्य आकांक्षीलाई पछि पार्दै पूर्वमन्त्रीले पाए टिकट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २१ सोमबार
rajendrakumar-rai-water-min.jpg

काठमाडौँ । नेकपा एमाले धनकुटाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको उपनिर्वाचनका लागि केन्द्रीय सदस्य तथा पूर्व खानेपानी मन्त्री राजेन्द्रकुमार राईको नाम एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ। 

आइतबार सम्पन्न जिल्ला कमिटीको विस्तारित बैठकले जिल्लाका सबै पालिकाका नेता तथा कार्यकर्ताहरूको भावना, भूगोल र युवाहरूको चाहनालाई मध्यनजर गर्दै राईलाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको हो।

जिल्ला अध्यक्ष शिव लिम्बूका अनुसार बैठकमा राईलाई एकल उम्मेदवार बनाउने प्रस्तावमाथि लामो छलफल भएको थियो। जिल्ला कमिटीमा सहभागी कार्यकर्ताहरूले यो चुनाव केवल व्यक्तिको मात्र नभई सिङ्गो पार्टीको प्रतिष्ठाको विषय भएको भन्दै अनुभवी नेताका रूपमा राईकै नाममा जोड दिएका थिए। राई यसअघि पनि धनकुटाबाट दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका प्रभावशाली नेता हुन्।

प्रतिनिधिसभा सदस्यका लागि एमालेबाट केन्द्रीय सदस्य शकुन्तला बस्नेत र कोशी प्रदेश कमिटी उपाध्यक्ष टिकाराम चेम्जोङ लगायतका नेताहरू पनि आकांक्षी रहेका थिए। तर, बैठकमा सबै आकांक्षीहरूको धारणा सुनेर र सदस्यहरूको सुझावलाई आत्मसाथ गर्दै अन्य नेताहरूलाई सम्झाएर राईको नाममा सर्वसम्मति जुटाइएको अध्यक्ष लिम्बूले जानकारी दिए। धनकुटामा बलियो पकड रहेका राईको एकल सिफारिसले एमाले वृत्तमा नयाँ उत्साह थपेको दाबी गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ