arrow

चन्द माओवादीले भारतलाई साम्राज्यवादी किटान गर्ने अवधारणा पारित गर्दै

फेरि पनि एकल नेतृत्व

logo
प्रकाशित २०७३ फागुन ४ बुधबार
news-chanda--mao.jpeg

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले भारतलाई साम्राज्यवादी किटान गर्नुपर्ने अवधारणा पारित गर्दै छ । आठौं महाधिवेशनको बन्द सत्रका लागि रोल्पाको थवाङ पुगेको चन्द माओवादीले भारतालाई पनि साम्राज्यवादी कित्तामा राख्नु पर्ने अवधारणा पारित गर्न लागेको हो ।

थवाङबाट पोलिटब्यूरो सदस्य ओमप्रकाश पुनले भने, ‘बन्द सत्र विहिबारबाट १० गते सम्म चल्ने भनिएको छ । पार्टीको नाम, कम्युनिष्ट दर्शन, साम्राज्यवादको विश्लेषण, भारतलाई पनि साम्राज्यवादी भन्नु पर्छ भन्ने अवधारणाबारे छलफल गरि पारित गरिन्छ ।’ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टीने राख्ने र सिंगो कम्युनिष्ट आन्दोलनलाई एकिकृत गर्ने विषयमा बहस भइरहेको छ ।

दर्शनमा मुख्य गरेर माक्सले विकास गरेको विचारलाई वुद्धि विकास मात्र नभनेर रक्षा पनि हो भनेर प्रष्ट्याउने कुरा छ, उनले अगाडि भने, ‘मुख्य गरेर एकिकृत जनक्रान्तिको कार्यदिशालाई मुर्त र ठोस रुप दिनेमा हामी एक मत छौँ ।’ पार्टी संगठनको कार्यदिशा छुट्टै राखिएको छ । राजनीतिक छृुट्टै छ ।

पार्टीको सांगठनिक संरचना ?
पहिले जस्तै पार्टीमा एकल नेतृत्व नै रहने बताइएको छ । पुनले हाम्राकुरासँग भनेका छन्, ‘महासचिव नै रहने भन्ने छ । निर्वाचन हुँदैन । अहिलेसम्म सबै एजेण्डा केन्द्रीय समितिले पारित गर्दै आएकामा महाधिवेशन प्रतिनिधिको पनि धारणा लिने भन्ने हो । ’

पार्टीको सांगठनिक संरचना केन्द्रीय समिति, स्थायी समिति र पोलिट्ब्यूरो रहने भन्ने छ । समितिहरु कति सदस्यीय हुने भन्ने यकिन नभएपनि छरितो कमिटी बनाउने भन्ने अभ्यासमा छौ, पोलिट्ब्यूरो सदस्य पुनले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ