arrow

आकस्मिक बाढीले लियो ६ जनाको ज्यान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २१ सोमबार
flood-nigeria.jpg

काठमाडौँ । पूर्वी इन्डोनेसियाको उत्तर सुलावेसी प्रान्तको आवासीय क्षेत्रमा सोमबार आएको आकस्मिक बाढीका कारण छ जनाको मृत्यु भएको स्थानीय मिडियाले जनाएको छ ।

मिडिया रिपोर्टका अनुसार भारी वर्षा पछि स्थानीय समय अनुसार करिब २ः३० बजे राति सितारो आइल्यान्ड रिजेन्सीको पूर्वी सियाउमा बाढी आएको हो ।

सितारो टापु रिजेन्सी प्रशासनले एक शिशुसहित चार जना बासिन्दा बेपत्ता रहेको र अन्य चार जना घाइते भएको बताएको उल्लेख गर्दै खोजी तथा उद्धार कार्य जारी रहेको बताइएको छ ।

प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको छ भने प्रारम्भिक तथ्याङ्कले ३५ परिवारका एक सय आठ जना विस्थापित भएको देखाएको छ ।

प्रकोपले पाँचवटा घरहरू बगाउनु का साथै पूर्वी सियाउ र दक्षिण पूर्वी सियाउका जिल्लाहरू बिचको सडक पहुँच काटिएको जनाइएको छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ