arrow

चुनावी सरगर्मीमा खोटाङ: दिक्तेल सबैभन्दा ठूलो 'मतदाता हब'

खोटाङमा एक सय ३६ मतदानस्थल र एक सय ९५ केन्द्र निर्धारण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २२ मंगलबार
election-nirbachan-nepal-2082-hamrakura.jpg

खोटाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङ जिल्लामा मतदाता र मतदान केन्द्रको अन्तिम नामावली टुङ्गो लागेको छ। 

जिल्ला निर्वाचन कार्यालयका अनुसार यसपटक खोटाङमा कुल १ लाख ४७ हजार १२० जना मतदाता कायम भएका छन्। जसमा पुरुष मतदाताको सङ्ख्या ७७ हजार ६५६ र महिलाको सङ्ख्या ६९ हजार ४६४ रहेको छ।

जिल्ला निर्वाचन अधिकारी रविन मगरका अनुसार मतदाता सङ्ख्याका आधारमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका जिल्लाकै ठूलो स्थानीय तह बनेको छ, जहाँ ३५ हजार ७६० मतदाता छन्। सबैभन्दा कम मतदाता साकेला गाउँपालिकामा ८ हजार ६४५ जना रहेका छन्। 

नयाँ नामावली दर्ता र अद्यावधिक गर्ने क्रममा यसअघिको तुलनामा १ हजार ८८१ जना नयाँ मतदाता थपिएका छन् भने ८१० जनाले अन्तर जिल्ला मतदान केन्द्र कायम गरेका छन्।

प्रतिनिधिसभाको एउटा मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा निर्वाचनलाई व्यवस्थित बनाउन १३६ वटा मतदानस्थल र १९५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ। निर्वाचनको मिति नजिकिँदै गर्दा सङ्घीय सरकारले जिल्लामा मुख्य निर्वाचन अधिकृत समेत खटाइसकेको छ, जसका कारण जिल्लामा चुनावी सरगर्मी र तयारीले थप तीव्रता पाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ