arrow

विशेष महाधिवेशन माघ ६ पछि बोलाउँदा उचित हुन्छ : शेखर कोइराला

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २२ मंगलबार
shekhar-koirala-22-09.jpg

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशन सहमतिका आधारमा केन्द्रीय समितिले नै आह्वान गर्नुपर्ने बताएका छन् ।

उनले अहिले राष्ट्रिय सभा र प्रतिनिधि सभाको समानुपाति उम्मेद्वार टुंग्याउनु पर्ने भएका कारण विशेष महाधिवेशन पक्षधरहरूसँग छलफल गरेर माघ ६ गतेपछि बोलाउँदा उचित हुने बताए ।

उनका अनुसार त्यो बेलासम्म राष्ट्रिय सभा तथा प्रतिनिधि सभाको मनोनयनका सबै प्रक्रिया सकिन्छन् । यसरी बोलाउँदा एकताको सन्देश पनि जान्छ ।’

मंगलबार उनले आफ्नो निजी सचिवालयमा पार्टीका ३० भन्दा केन्द्रीय सदस्यहरूको समूहसँग छलफल गरेका थिए ।

उक्त भेटघाटमा डा.कोइरालाले सबैको मनोभावना सम्बोधन हुनेगरी केन्द्रीय समितिले विशेष महाधिवेशन डाक्दा सबैलाई मान्य हुने र आफू त्यसको लागिपरेका समेत बताए ।

उनले फरक प्रशंगमा उनले नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धन गर्न नहुने बताए ।

गठबन्धनले प्रत्यक्ष निर्वाचनमा दुइ चार सिट बढी आउँला तर समानुपातिका मत घट्ने र कांग्रेसलाई दीर्घकालीन हानी हुने बताए ।

आगामी निर्वाचनमा कांग्रेसले एक्लै चुनावमा जानुपर्ने कुरामा आफू स्पष्ट भएको बताए ।

भेटमा ३० जान केन्द्रीय सदस्यहरूको समूहको तर्फबाट केन्द्रीय सदस्य पुष्पा भुषालले पार्टीभित्र देखिएको विवाद समाधानका लागि शीर्ष नेताहरूसँग भेट गरेको बताइन् ।

उनले आफूहरू कुनै पक्षको नभएको तर पार्टीभित्रको विवादले चिन्तित बनाएकाले समाधानका लागि सबैसँग पहल गरिरहेको बताइन । उनले मध्यमार्गी बाटो पहिल्याउन डां शेखर कोइरालालाई आग्रह समेत गरिन् ।

अधिकांश केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशनलाई चुनावी घोषणा सभाको रुपमा रुपान्तरण गरेर निर्वाचनमा जानुपर्ने जोड दिएका थिए ।

पार्टीको संस्थापन र बिशेष महाधिवेशन पक्षधरको हठले पार्टी चरम विवादमा फस्दै गएको उनले बताए ।

उनले दुबै पक्षसँग समन्वय गरी मध्यमार्गी विकल्प पहिल्याउने डा.कोइरालालाई सामूहिक आग्रह गरेका थिए ।

छलफलमा केन्द्रीय सदस्यहरू चिनकाजी श्रेष्ठ, डीला संग्रौला, रामजनम चौधरी, उदयशमशेर राणा, अर्जुन जोशीलगायत थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ