arrow

स्वास्थ्य बीमा बोर्डबाट मंसिर मसान्तसम्मका उपलब्धि सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २२ मंगलबार
health-insurance-board.jpg

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले २०८२ साल मंसिर मसान्तसम्ममा भएका उपलब्धिहरू सार्वजनिक गरेको छ ।

मंगलबार एक कार्यक्रमको आयोजना गरी बोर्डले उक्त उपलब्धिहरू सार्वजनिक गरेको हो ।

बोर्डका कार्यकारी अध्यक्ष निर्देशक डा. रघुराज काफ्लेले स्वास्थ्य बीमा बोर्डमार्फत संचालित सम्पूर्ण क्रियाकलापको संचालनको अवस्था, सूचक अनुसारको उपलब्धि, बीमा कार्यक्रमको पैरवी, कार्यक्रम संचालन गर्दा देखा परेका समस्याहरू तथा बोर्डको प्रयत्न गरेको नवीनतम् सुधारका विषयहरूबारे जानकारी दिने प्रयत्न आफूहरूले गरेको बताए ।

उनले स्वास्थ्य बीमा ऐन २०७४ र नियमावली २०७५ मा संशोधन भई देशका सबै स्थानीय तहमा प्रथम सेवा विन्दु प्रयोजनका लागि कम्तिमा सेवा प्रदायक स्वास्थ्य संस्था हुनुपर्ने नीतिगत सुधार गरिएको जानकारी दिए ।

उनले भने, ‘स्वास्थ्य बीमा ऐन २०७४ र नियमावली २०७५ मा संशोधन भई देशका सबै स्थानीय तहमा प्रथम सेवा विन्दु प्रयोजनका लागि कम्तीमा सेवा प्रदायक स्वास्थ्य संस्था हुनुपर्ने नीतिगत सुधार गरिएको छ। दावी भुक्तानी तथा समीक्षासम्बन्धी कार्यविधि संशोधन भई रियल टाइम क्लेमलगायत अन्य प्रावधान कायम भएको छ ।’

आठ प्रकारका कडा रोगको हकमा बिरामीले उपयोग गर्नेगरी थप एक लाखसम्मको सेवा प्रदान गरिएको पनि उनले जानकारी दिए ।

बोर्डको अनुसार यसै वर्ष गरिव पहिचान तथा कार्यक्रममा प्राथमिकताकासाथ आवद्धताका लागि कार्यविधि स्वीकृत गरी लागू गरिएको छ ।

कार्यान्वयन तथा प्रणालीगत सुधारमा सात सय ५० ओटा स्थानीय तहमा कार्यक्रम विस्तारका साथै तीन सय ५० ओटा स्थानीय तहबाट तीन सय ८२ ओटा स्थानीय तहका स्वास्थ्य संस्थामा प्रथम सेवा विन्दु रहेको बोर्डले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ