arrow

डडेल्धुरा अस्पतालमा आकस्मिकबाहेक अन्य बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २४ बिहिबार
hospital-dadaldhura.jpg

डडेल्धुरा । डडेल्धुरा अस्पताल विकास समितिले बिहीबारदेखि आकस्मिक बाहेक अन्य सबै सेवा पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको छ ।

समिति अध्यक्ष करूणाकर ओझामाथि दुर्व्यवहार भएको घटनाप्रति अस्पताल प्रशासनले गम्भीर आपत्ति जनाउँदै घटनापछि कर्मचारीको मनोबल कमजोर बनेको कारण आकस्मिक बाहेक अन्य सबै सेवा पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको जनाएको हो ।

अस्पतालद्वारा जारी सूचना अनुसार पुस २३ गते दिउँसो १ः३५ बजे अध्यक्ष ओझालाई उनकै कार्यकक्षभित्र नेकपा बहुमतको नाम लिएका केही व्यक्तिहरूले दुर्व्यवहार गरेका थिए ।

यस्ता घटनाले अस्पतालको सेवा प्रवाहमा प्रत्यक्ष असर पर्नुका साथै कर्मचारी तथा पदाधिकारीहरूको मनोबल गिराउने अस्पतालले जनाएको छ ।

उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुन बमोजिम कारबाही गर्न अस्पतालले माग गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ