arrow

त्रिवि कर्मचारी नेतृत्वकालागि तीनभाइको भीडन्त, टिचिङमा विहानैदेखि मतदान

logo
प्रकाशित २०७३ फागुन ५ बिहिबार
panika_line.jpeg
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरुमा चुनावी माहोल चुलिएको छ । बिहीबार देशभरी भईरहेको निर्वाचन त्रिविसँग सम्बन्धित क्याम्पस तथा अन्य निकायगरी कूल ७३ वटा निकायमा भईरहेको निर्वाचनले केन्द्रीय कार्यसमितिका सदस्य तथा पदाधिकारीहरुको चयन गर्ने त्रिभुवन विश्वविद्यालय कर्मचारी संघले जनाएको छ । 
 
निर्वाचनको क्रममा बिहीबार विहान १० बजेदेखि विभिन्न क्यम्पसहरुमा निर्वाचनकार्य जारी रहेको छ भने महाराजगञ्ज स्थिती त्रिवि शिक्षण अस्पतालमा विहान ८ बजेदेखि नै निर्वाचन सुरु भएको प्रजातन्त्रवादी प्राध्यापक संघको तर्फबाट अध्यक्षका उम्मेदवार भोजराज राउतले जानकारी दिए । अस्पतालमा भने कर्मचारीहरु धेरै रहेकोले त्यहाँ विहानैदेखि निर्वाचन सुरु गरिएको राउतले जानकारी दिए । 
 
सो निर्वाचनमा अध्यक्षका लागि प्रजातन्त्रबादी कर्मचारीहरुबाट राउतसँगै प्रगतिशील कर्मचारी संगठनबाट छत्रबहादुर कार्की र राष्ट्रिय कर्मचारी संघबाट यादव पोखरेलले उम्मेदवारी दिएका छन् । चार संगठनले उम्मेदवारी दिएपनि यही तीन जनाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । 
 
यस अघि पनि स्वतन्त्र रुपमा सबै संगठनले प्यानल बनाएर उठ्दा प्रजातन्त्रबादी कर्मचारीहरुले बाजी मार्दै आएकोमा अहिले पनि सो इतिहास दोहोर्याउने दाउमा प्रजातन्त्रबादी लागेको छ । संयुक्त प्यानलको लागि कुरा नमिलेपछि मुख्य तीन दल निकट कर्मचारीहरुले आ–आफ्नै प्यानल खडा गरेर उम्मेदवारी दिएका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ