arrow

भिवोर र सोसाइटी डेभलपमेन्ट बैंक आपसमा गाभिने

logo
प्रकाशित २०७२ पुष ९ बिहिबार
vibor.jpg.jpeg
काठमाडौँ। भिवोर विकास बैंक लिमिटेड र सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेड आपसमा गाभिने भएका छन् । दुवै बैंकबीच आज समझदारीपत्रमा हस्ताक्षर भएको छ । भिवोर विकास बैंकका सञ्चालक समितिका अध्यक्ष मोहनदास मान्नधर र सोसाइटी बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष सुशीलराज पराजुलीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । 
 
सम्झौताअनुसार गाभिने प्रक्रिया २०७३ साल असार महिनाभित्र पूरा गरी बैंकको नाम भिवोर सोसाइटी डेभलपमेन्ट बैंक राख्ने प्रस्ताव गरिएको छ । गाभिएपश्चात बन्ने संस्थाको कूल चुक्ता पुँजी रु एक अर्ब ८१ करोड ५० लाख पुग्ने र गत असोज मसान्तको अपरिष्कृत वित्तीय विवरणअनुसार कुल निक्षेप करिब रु ११ अर्ब र कुल कर्जा करिब रु नौ अर्ब हुने बताइएको छ । बैंक गाभिएपछि कुल ४३ शाखामार्फत यस संस्थाको बैंकिङ सेवाको पहुँच आठ अञ्चलका २० जिल्लामा हुनेछ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ