विशेष महाधिवेशनको माहोल बढेसँगै पूर्णबहादुरको पत्रकार सम्मेलन स्थगित
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २५ शुक्रबार
1.9k
Shares
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको माहोल बनेसँगै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आयोजना गर्ने भनिएको पत्रकार सम्मेलन नै स्थगित हुन पुगेको छ ।
विधानअनुसार कांग्रेस महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि यसको माहोल ह्वात्तै बढेको छ ।
त्यही महाधिवेशन रोक्न विधान विपरीत अगाडि बढिरहेको संस्थापनले विभिन्न श्रृंखला चलाइरहेका बेलामा कार्यवाहक सभापति खड्काले आजको पत्रकार सम्मेलन डाकेका थिए ।
तर समयको माग विपरीत चलिरहेका खड्का पछाडि हट्न बाध्य भएका हुन् । स्रोतका अनुसार उनको पत्रकार सम्मेलनमा आउने वाचा गरेका डा शेखर कोइराला उपस्थित नहुने भएसँगै खड्काको पत्रकार सम्मेलन स्थगित भएको हो ।
यही पुस २७ र २८ गते भृकुटीमण्डपमा विशेष महाधिवेशन हुँदैछ । त्यसका लागि महाधिवेशन प्रतिनिधिहरु काठमाडौँ आइरहेका छन् ।
गत असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेका थिए ।