arrow

विशेष महाधिवेशनमा सहभागी हुन सबैलाई कांग्रेस पर्वतको आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २५ शुक्रबार
congress-sprcial-conventation.jpg

पर्वत । नेपाली कांग्रेस पर्वत जिल्ला कार्यसमितिले पार्टीको विशेष महाधिवेशनमा सक्रिय सहभागिता जनाउन सम्बन्धित सबै प्रतिनिधिहरूलाई आह्वान गरेको छ।

जिल्ला कार्यसमितिद्वारा जारी परिपत्रमा नेपाली कांग्रेसको लामो ऐतिहासिक संघर्ष स्मरण गर्दै पार्टी राष्ट्रियता, लोकतन्त्र, मानवअधिकार, विधिको शासन र जनताको सर्वोच्चताको पक्षमा निरन्तर क्रियाशील रहँदै आएको उल्लेख गरिएको छ। मुलुक जटिल राजनीतिक परिस्थितिबाट गुज्रिरहेको सन्दर्भमा कांग्रेसको भूमिका थप जिम्मेवार र प्रभावकारी हुनुपर्ने आवश्यकता औंल्याइएको छ ।

परिपत्रमा पार्टीलाई समयानुकूल सुदृढ र जनमुखी बनाउने उद्देश्यले आयोजना हुन लागेको विशेष महाधिवेशन महत्वपूर्ण हुने जनाउँदै त्यसमा पर्वत जिल्लाबाट प्रतिनिधित्व गर्ने सम्पूर्ण महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य तथा पार्टीका जिम्मेवार तहका नेता–कार्यकर्तालाई अनिवार्य रूपमा सहभागी हुन अनुरोध गरिएको छ।

विशेष महाधिवेशन राजधानी काठमाडौँमा आयोजना हुने जनाइएको छ। महाधिवेशनले पार्टीलाई थप एकताबद्ध, सशक्त र परिवर्तनशील राजनीतिक शक्तिका रूपमा अघि बढाउने विश्वास जिल्ला कार्यसमितिले व्यक्त गरेको छ।

उक्त परिपत्रमा प्रदेश सभा क र ख, जिल्ला कार्यसमिति तथा कुश्मा नगर, जलजला, मोदी, विहादी, महाशिला लगायतका गाउँ तथा नगर कार्यसमितिका सभापतिहरूको संयुक्त हस्ताक्षर रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ