arrow

प्रतिनिधि सभा निर्वाचन

निर्वाचनमा 'डिप फेक' र मिथ्या सूचना फैलाउनेलाई कडा कारबाही हुने

सामाजिक सञ्जाल निगरानी गर्न आयोगले ल्यायो विशेष सफ्टवेयर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २५ शुक्रबार
election-nirbachan-nepal-2082-hamrakura.jpg

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक गतिविधि नियन्त्रण गर्न विशेष प्रविधि भित्र्याएको छ। आयोगले शुक्रबार पत्रकार सम्मेलन गर्दै मिथ्या सूचना, दुष्प्रचार, घृणाष्पद अभिव्यक्ति र 'डिप फेक' (गहिरो भ्रम) जस्ता गैरकानुनी कार्यलाई रोक्न 'सामाजिक सञ्जाल अनुगमन सफ्टवेयर' प्रयोगमा ल्याएको बताए।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भ्रामक साइट वा एकाउन्टमार्फत मानहानी गर्नेलाई कानुनबमोजिम दण्डित गरिने चेतावनी दिए। यसका लागि आयोगले मेटा (फेसबुक), टिकटक र एक्स (ट्वीटर) का प्रतिनिधिसँग संवाद गरी नियमनका लागि पत्राचार समेत गरिसकेको छ। आयोगमा 'सूचना सदाचार प्रवर्द्धन एकाई' ले कार्य प्रारम्भ गरिसकेको छ।

७७ मुख्य निर्वाचन अधिकृत नियुक्त, माघ २ देखि कार्यालय खुल्ने आयोगले निर्वाचनको प्रशासनिक तयारीलाई पनि तीव्रता दिएको छ। न्याय परिषद्को परामर्शमा ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा ८८ जना अधिकृतलाई निर्वाचन अधिकृत पदमा नियुक्त गरिएको छ। नियुक्त अधिकृतहरूले पुस २८ र २९ गते अभिमुखीकरण तालिम लिएपछि माघ २ गतेदेखि आ–आफ्नो निर्वाचन क्षेत्रमा कार्यालय स्थापना गरी काम सुरु गर्नेछन्।

यसैबीच, निर्वाचन आयोगले मतदाता शिक्षाका लागि १० लाख थान नमूना मतपत्र छपाइ सम्पन्न गरेको छ। समानुपातिकतर्फको वास्तविक मतपत्र र मतदाता नामावली छपाइको काम पनि सुरु भइसकेको प्रवक्ता भट्टराईले जानकारी दिए। यस हप्ता आयोगले प्रदेश र स्थानीय तहसँग समन्वय बैठक सम्पन्न गरी आचारसंहिता कार्यान्वयनको वातावरण समेत तयार पारेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ