arrow

त्रिविका उपकूलपतिलाई गिरफ्तार गर्ने चेतावनी

पूर्ण समानुपातिक र समावेशी सिद्धान्तको आधारमा स्ववियू निर्वाचन गर्न आग्रह

logo
प्रकाशित २०७३ फागुन ५ बिहिबार
stuendent-ko-news.jpeg
काठमाडौं । संयूक्त विद्यार्थी संघर्ष समितिले पूर्ण समानुपातिक र समावेशी सिद्धान्तको आधारमा स्ववियू निर्वाचन नभए निर्वाचन नै बहिष्कार गर्ने चेतावनी दिएको छ । बिहिवार  राजधानीमा पत्रकार सम्मेलन गर्दै समितिले यस्तो चेतावनी दिएको हो । समितिले पूर्ण समानुपातिक–समावेशी निर्वाचन प्रणाली लागु गर्नुपर्ने, सिनेटको सिण्डिकेट खारेजी गर्नुपर्ने, फर्जी विद्यार्थीको भर्ना खारेज र सार्थक वार्ताको वातावरण निर्माण लगायतका माग राख्दै आएका छन् । 
 
समितिले आफूहरुले अघि सारेका मागहरू पुरा नगरी त्रिविले निर्वाचन गरे सशस्त्र प्रतिकार गर्ने चेतावनी दिएको छ। अखिल (क्रान्तिकारी)का उपाध्यक्ष लालबहादुर तामाङले संघर्ष समितिले अघि सारेका मागहरू पुरा नगरी त्रि.वि.ले स्ववियू निर्वाचन गर्नै नसक्ने दाबी गरे । 
 
उनले भने,‘हिजो रेक्टरको गाडी जल्यो, अब गाडि जलाउँदैनौ, भिसीलाई १० मिनेटभित्र गिरफ्तार गर्ने तागत हामीसँग छ, हामी स्ववियू निर्वाचन बिरोधी होईनौँ, हाम्रा जायज मागहरू पुरा गर्न किन त्रि.वि आलटाल गरिरहेको छ ? हाम्रा मागहरुको अवज्ञा गर्ने जो कोहीलाई हामी छोड्दैनौँ, त्यो हाम्रो नजरमा पर्छ ।’
 
त्यस्तै संघीय विद्यार्थी यूनियन लिम्बुवानका अध्यक्ष जेन्टल लावतीले समितिले अघि सारेका मागहरूमा त्रि.वि बेखबर भएकाले आगामी फागुण ८ गतेदेखि सघर्ष समिति बाध्य भएर  आन्दोलनमा उत्रिने स्पष्ट पारे । 
 
राप्रविसंघका अध्यक्ष उज्जवल पोखरेलले स्ववियू निर्वाचनको मिति सार्नुपर्नेमा जोड दिए । उनले भने, ‘विगतका दिनमा नेपाली काँग्रेस, एमालेका महाधिवेशनको समयमा स्ववियू निर्वाचन सारेको इतिहास छ, अहिले हाम्रो पार्टी राप्रपाको एकता महाधिवेशन छ, त्यसैले हामीले पनि स्ववियू निर्वाचनको मिति सार्नुपर्छ भनेर भन्यौँ तर मुख्य तीन दल र तीनका भातृ संगठनले वास्ता नगरेर अघि बढ्दैछन् यो हामीलाई स्वीकार्य छैन् ।’
 
कार्यक्रममा नेपाल विद्यार्थी मञ्चका अध्यक्ष रोशनकुमार राय, समाजवादी विद्यार्थी संघका अध्यक्ष रामविर यादव, विद्यार्थी मञ्चका अध्याक्ष केशी यादव, आदिवासि जनजाति विद्यार्थी संगठनका अध्यक्ष दोझाङ् शेर्पा, नेपाल विद्यार्थी मोर्चाका अध्यक्ष पूर्ण रानामगर, नेपाल लोकतान्त्रिक विद्यार्थी फ्रनटका अध्यक्ष जेपी यादव लगायतले आफ्ना बिचार राखेका थिए।
,
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ