arrow

रहेनन् नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहाल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २६ शनिबार
homnath-dahal-died.jpg

काठमाडौँ । नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा तथा नेपाल पत्रकार महासङ्घका पूर्वसभापति होमनाथ दाहालको गएराति निधन भएको छ ।
 
केही समयदेखि घुँडासम्बन्धी समस्याबाट अस्वस्थ भई मैतीदेवीस्थित आफ्नै घरमै उपचारमा रहेका ८४ वर्षीय पूर्वकृषि, सहकारी तथा गरिबी निवारणमन्त्री दाहाललाई हृदयाघात भएपछि उपचारका क्रममा गए राति वीरअस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

 ओखलढुङ्गा जिल्लाको तत्कालीन बरुणेश्वर गाउँपालिकामा जन्मिएका दाहाल नेपाली कांग्रेसको मुखपत्र राष्ट्रपुकार साप्ताहिकका सम्पादक थिए । उनले नेपाली कांग्रेस ओखलढुङ्गा जिल्ला सदस्य तथा तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) का केन्द्रीय सदस्यसमेत भएर जिम्मेवारी सम्हाले । 

उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिँदैछ । उनका श्रीमती, दुई छोरा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ