arrow

कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि, प्रतिनिधिको नाम दर्ता बिहान ८ बजेदेखि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २७ आइतबार
congress-82-9-27q.jpg

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि शुरू हुँदैछ । विशेष महाधिवेशनका लागि अधिकांश जिल्लाबाट विशेष महाधिवेशन पक्षधर काठमाडौँ आइसकेका छन् । 

महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता आज बिहान ८ बजेदेखि शुरू हुने भएको छ । दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालय संयोजक मनोजमणि आचार्यका अनुसार कार्यक्रमस्थल भृकुटीमण्डप मूल गेट सँगैका स्टलहरूबाट नाम दर्ता हुनेछ । 

उनले नाम दर्ता गर्न आउँदा परिचय खुल्ने कुनै कागजात, एकप्रति पासपोर्ट साइजको फोटो र दर्ता शुल्क एक हजार रुपैयाँ साथमा लिइ आउनसमेत अनुरोध गरेका छन् । 

विशेष महाधिवेशनको उद्घाटन दिउँसो १ बजे हुनेछ । महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ । विशेष महाधिवेशनमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी हुने दाबी गरिएको छ । 

गत असोज २९ गते ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेका थिए । कांग्रेसको विधानको १७ (२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेको तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने हुन्छ । 

संस्थापनको बेवास्तापछि सोही विधानको दफालाई टेकेर कांग्रेसलाई पुनःजागरण गर्न महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा दुई दिने विशेष महाधिवेशन आजदेखि हुन लागेको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ