arrow

बैतडी जिप दुर्घटना अपडेट: मृतकको सङ्ख्या चार पुग्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २८ सोमबार
Accident-sign.jpg

बैतडी । जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ साडीघाटीमा सोमबार बिहान भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। दुर्घटनामा गम्भीर घाइते भएकी बैतडीको सिगास गाउँपालिका–१ निवासी २७ वर्षीया बसन्ती ऐरको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि मृतकको सङ्ख्या चार पुगेको हो।

बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक सुरजसिंहका अनुसार मोतिनगरबाट डडेल्धुराका लागि छुटेको म१ ज २२४ नम्बरको बोलेरो जिप बिहान ११ बजे अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो।

दुर्घटनामा परेर सिगास–१ का २४ वर्षीय निशान्त बोहरा, सोही ठाउँका २९ वर्षीय भानदेव भट्ट र डडेल्धुराको आलिताल गाउँपालिका–३ का १३ वर्षीय राकेश रावलको घटनास्थलमै मृत्यु भएको थियो।

दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्। घाइते हुनेहरूमा बैतडी सिगास–१ की १९ वर्षीया बिमला ऐर, सोही ठाउँकी ४ वर्षीया प्रन्सा ऐर, सिगासकै २५ वर्षीय लालमणि बोहरा, दुधिलाखानका २८ वर्षीय चालक गणेश विष्ट, पाटन नगरपालिका–८ की २५ वर्षीया कमला विष्ट र डडेल्धुरा आलिताल–३ का ३२ वर्षीय वीरेन्द्र बोहरा रहेका छन्। सबै घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ