arrow

क्याम्पस प्रमुखसहित तीन जनाको अपहरण नाटकीय

हामीलाई लैजाउ भनेपछि विद्यार्थीले त्यसै गरे

logo
प्रकाशित २०७३ फागुन ५ बिहिबार
FSU.jpeg

लम्की । चन्द माओवादी निकट अखिल क्रान्तिकारीको अपहरणमा परेका भनिएका लम्की बहुमुखी क्याम्पसका प्रमुखसहित तीनैजना नाटकीय रुपमा सम्पर्कमा आएका छन् । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष देवानन्द जैशीले क्याम्पस प्रमुखसहित तीनै जनालाई नेत्रविक्रम चन्द नेतृत्वको माओवादी निकट विद्यार्थीहरुले नाटकीय रुपमा नियन्त्रणमा लिएको बताए ।

उनले भने, ‘दुई दिनअघि स्ववियु निर्वाचन सम्बन्धि कागजातहरु लिएर गएछन् । निर्वाचन गराइ भने हात खुट्टा भाँचिदिन्छु भनेछन् । त्यति गर्दा पनि क्याम्पस प्रमुख र कर्मचारीहरुले हामीलाई भन्नु भएन । प्रहरीलाई पनि खबर गरेनन् ।’ अध्यक्ष जैशीले थपे, ‘फेरि वुधबार दिउँसो आएर ताला खोल्ने काम गरे जे पनि हुन सक्छ भनेर धम्काएपछि उहाँहरुले ठट्यौली पाराले सक्छौ भने हामीलाई अपहरण गरेर लैजाउन त भन्नु भएछ । उहाँहरुले भने जस्तै दिउँसो ३ बजेबाट उहाँहरुलाई ति विद्यार्थीले नियन्त्रणमा लिएको भन्ने कुरा आएको छ । धनगढीबाट एसपी सावहरु आउनु भएको छ । सोधपुछ हुँदै छ ।’ सम्पर्कमा आएका कर्मचारीहरु इलाका प्रहरी कार्यालय लम्कीमा रहेको अध्यक्ष जैशीले हाम्राकुरालाई जानकारी दिए ।

दुई दिनअघि कागजात कब्जा गरेको कुरा र धम्की दिएको कुरा कसैलाई नभन्नुले क्याम्पस प्रमुखसहित कर्मचारी सोही संगठन समर्थक हुन् कि भन्ने शंका प्रहरीले गरेको छ, जैशीले भने । लम्की बहुमुखी क्याम्पस प्रमुख भिष्म थापा, सहायक प्रमुख तथा निर्वाचन अधिकृत कमल विष्ट र सहायक प्रमुख अम्बर रावल वुधबार अखिल क्रान्तिकारीको अपहरणमा परेको भनिएको थियो ।

उनीहरुलाई अपहरण नगरेको स्ववियु निर्वाचनको विषयमा सोधपुछ गर्न नियन्त्रणमा लिइएको चन्द निकट अखिल क्रान्तिकारी कैलालीका अध्यक्ष विरेन्द्र विकले बताए । उनले नियन्त्रणमा रहेका सबैलाई छोडिएको पनि बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ