arrow

लम्की घटना : स्कारपीओमा हालेर लगेको देखियो, यातना दिएको देखिएन-एसपी ठकुरी

logo
प्रकाशित २०७३ फागुन ५ बिहिबार
FSU.jpeg

काठमाडौ । प्रहरीले लम्की बहुमुखी क्याम्पसका प्रमुखसहित तीन जनालाई नेत्रविक्रम चन्द नेतृत्वको माओवादीका विद्यार्थीले नियन्त्रणमा लिएकै देखिएको बताएको छ । लम्की बहुमुखी क्याम्पस प्रमुख भिष्म थापा, सहायक प्रमुख तथा निर्वाचन अधिकृत कमल विष्ट र सहायक प्रमुख अम्बर रावललाई वुधबार वुधबार दिउँसो अखिल क्रान्तिकारीका विद्यार्थीले लम्कीको एक चिया पसलबाट नियन्त्रणमा लिएको कैलाली प्रहरी प्रमुख एसपी अर्जुन चन्द ठकुरीले जानकारी दिए ।

ठकुरीले हाम्राकुरासँग भने, ‘घटना सुरुमा नाटकीय देखिएको थियो । तर, पछि त्यसो होइन रहेछ । स्थानीयले दिउँसो क्याम्पस प्रमुखसहितका तीनै जना मोटरसाइकल चलाएर हिँडेको देखेपछि आफै गएको भन्ठानेछन् । तर, उहाँहरु तीनै जनालाई सोध्दा मोटरसाइकल चढेर चिया पसलसम्म आएको र चिया पिउँदै गर्दा स्कारपीओ गाडीमा आएकाहरुले धकेलेर गाडीमा हालेर लगेका हुन् भन्नु भो ।’

के देखियो त, अपहरण भएकेै हो ? जवाफमा एसपी ठकुरीले भने, ‘विहिबार स्ववियु निर्वाचनको मनोनयनको कार्यतालिका थियो । त्यो रद्द होस् र निर्वाचन रोकियोस् भन्ने नियतले उहाँहरुलाई नियन्त्रणमा लिएकै देखियो । यातना दिएको देखिएन ।’ नियन्त्रणमा लिएकाहरुलाई मनोनयनको समय गुज्रिएपछि छोडिएको बताइएको छ । नियन्त्रणपछि इलाका प्रहरीका कार्यालय लम्कीको सम्पर्कमा आएका तीनै जनालाई धनगढीबाट लम्की आएका एसपी ठकुरीले घटनाबारे सबै सोधेका थिए ।

दुई दिनअघि कागजात कब्जा गरेको र धम्की दिएको कुरा कसैलाई नभनेकाले  क्याम्पस प्रमुखसहित नियन्त्रणमा रहेका तीनैलाई क्याम्पस व्यवस्थापन र स्थानीयले मिलेमतोको शंका गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ