arrow

कांग्रेस विशेष महाधिवेशन

'अबकी बार गगन सरकार' भन्ने नारा बोकेर जानुपर्ने मुक्ता यादवको प्रस्ताव

मधेसको जनसंख्याका आधारमा क्षेत्र निर्धारण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २९ मंगलबार
congress-bandasatra-new.jpg

काठमाडौँ । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनको बन्दसत्रमा मधेस प्रदेशका तर्फबाट मुक्ता यादवले पार्टीको आगामी कार्यदिशा र नेतृत्वका बारेमा कडा धारणा राखेकी छन्। नियमित महाधिवेशनको माग गर्दा संस्थापन पक्षले अपमान गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी यादवले अब पार्टीमा नीति र नेतृत्व दुवै परिवर्तन हुनुपर्नेमा जोड दिएकी छन्।

उनले आगामी निर्वाचनमा जाँदा कांग्रेसले स्पष्ट भिजन र नयाँ सोचका साथ 'अबकी बार गगन सरकार' भन्ने नारा बोकेर जानुपर्ने प्रस्ताव अघि सारिन्। यसो गर्दा मात्र छिमेकी मुलुक भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले ल्याएको जस्तै लहर आउन सक्ने र कांग्रेसले बहुमत प्राप्त गर्न सक्ने उनको दाबी थियो।

यादवले निर्वाचन क्षेत्रको निर्धारण जनसंख्याका आधारमा हुनुपर्ने माग गर्दै मधेसको प्रतिनिधित्वको सवाललाई जोडदार रूपमा उठाइन्। उनले वडादेखि केन्द्रसम्मका सबै संरचनामा महिलाहरूको सहभागिता कम्तीमा ३३ प्रतिशत सुनिश्चित हुनुपर्ने बताइन्।

साथै, मधेसी मूलका दलितहरूलाई विशेष प्राथमिकता दिनुपर्ने र उनीहरूको क्लस्टरबाट पनि संसद्मा प्रतिनिधित्व हुने ग्यारेन्टी गरिनुपर्ने उनको सुझाव थियो। मधेसका दलित र पिछडिएका समुदायलाई मूलधारमा नल्याएसम्म पार्टी बलियो नहुने उल्लेख गर्दै उनले अबको कांग्रेस समावेशी र युवा नेतृत्वको पक्षमा उभिनुपर्ने स्पष्ट पारिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ