arrow

स्ववियु निर्वाचन सर्‍याे, फागुन १८ गते, शुक्रबारबाट सबै क्याम्पसका ताला खुल्ने

logo
प्रकाशित २०७३ फागुन ५ बिहिबार
TU-Stu.jpeg

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचन सरेको छ । अब निर्वाचन फागुन १८ गते हुने भएको छ । त्रिभुवन बिश्वविद्यालय सिनेट बैठक कक्षमा बसेको रेक्टर, रजिस्ट्रार, क्याम्पस प्रमुख र विद्यार्थी संगठनहरुको संयुक्त बैठले स्ववियु निर्वाचन कार्यतालिका सहित सार्ने निर्णय गरेको बैठकमा सहभागि माओवादी केन्द्र निकट क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले जानकारी दिए ।

न्यौपानेका अनुसार कार्यतालिका शुक्रबार आउनेछ । नेत्रविक्रम चन्द नेतृत्वको माओवादी निकट विद्यार्थी संगठनले पार्टीको महाधिवेशन चलिरहेकाले स्ववियु निर्वाचन सार्न भन्दै विभिन्न क्याम्पसमा ताला लगाएपछि सुरक्षाको कारण देखाउँदै क्याम्पस प्रमुखहरुले यसअघि तोकिएको फागुन १४ मा चुनाव गराउन नसक्ने अडान राखेका थिए । सोही आधारमा भएको छलफलमा विद्यार्थी संगठनहरु चार दिन पर सार्न सहमत भएका हुन् ।

यस्तै, जनजाति र मधेसी विद्यार्थीले राखेको पूर्ण समानुपातिकको मुद्दालाई आयोग बनाएर अर्को स्ववियु निर्वाचनदेखि लागु हुने गरी टुंग्याउने सहमति गरेको अध्यक्ष न्यौपानेले बताए । अहिले भने मिश्रित निर्वाचन प्रणालीमा चुनाव गर्ने सहमति भएको छ । यस्तै, चुनावको मिति सरेपछि शुक्रबारबाट ताला लगाउने पक्षले सबै क्याम्पसको ताला खोल्ने सहमति गरेका न्यौपानेले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ