arrow

नबिल बैङ्कका अध्यक्ष निर्वाण कुमार चौधरीद्वारा नेपाल राष्ट्र बैङ्कका गर्भनिरबाट शपथ ग्रहण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३० बुधबार
nabil-oath-taking-nirvana-chaudhary-to-nrb-jan-2026-.jpg

काठमाडौँ। नबिल बैङ्क लिमिटेडका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरीले नेपाल राष्ट्र बैङ्कका गभर्नर प्राडा विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। नेपाल राष्ट्र बैङ्कमा आज आयोजित एक कार्यक्रममा बैङ्कका नवनियुक्त अध्यक्ष चौधरीले शपथ लिएका हुन्।

बैङ्क सञ्चालक समितिको २०८२ पुस २८ गते सम्पन्न ६९९औँ बैठकले चौधरीलाई सर्वसम्मतिले अध्यक्षमा चयन गरेको थियो।

व्यावसायिक घराना चौधरी ग्रुपका प्रबन्ध सञ्चालक रहेका उनी चौधरी समूहका विभिन्न कम्पनीमा सञ्चालकका रूपमा जिम्मेवारी वहन गर्दै आएका छन्। समाज सेवामा पनि रुचि राख्ने उनी चौधरी फाउण्डेशनको उपाध्यक्ष तथा नेपाल उद्योग परिसंघ (सीएनआई) को वरिष्ठ उपाध्यक्ष पनि हुन्।

शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैङ्कबाट डेपुटी गभर्नर द्वय डा. नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्र, कार्यकारी निर्देशकहरू रामु पौडेल, गुरुप्रसाद पौडेल, दयाराम शर्मा तथा दीर्घ बहादुर रावल, निर्देशक निरा ताल्चाभडेल र सञ्चालक समितिका सचिव तथा निर्देशक शरणकुमार अधिकारी तथा नबिल बैङ्कबाट बैङ्कका सञ्चालकहरू मलय मुखर्जी, अनन्त पौड्याल, प्रविन टिवडेवाला, सरिता भट्ट अधिकारी, अनिल केशरी शाह, प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली, नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे र कम्पनी सचिव भीष्म न्यौपाने लगायतको उपस्थिति थियो।

नबिल बैङ्कले देशभर २६८ शाखा सञ्जालसहित ३२१ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ। बैङ्कले २५ लाखभन्दा बढी ग्राहकलाई बैङ्किङ सेवा प्रदान गर्दै आफ्ना सबै सरोकारवालासँग मिलेर सँगै अघि बढ्ने विश्वास राखेको छ। चार दशकदेखि गुणस्तरीय बैङ्किङ सेवा प्रदान गर्दै आएको बैङ्कले पछिल्लो समयमा दिगो बैङ्किङको अवधारणालाई आत्मसाथ गर्दै डिजिटल बैङ्किङका लागि एनबैङ्क सञ्चालनमा ल्याएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ