- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन सारिएपछि विभिन्न क्याम्पसमा लागेको ताला शुक्रबारबाट धमाधम खुल्न थालेको छ । यद्यपि, उपत्यकामा भने केही ठिलाई भएको छ । विहिबार साँझ त्रिवि पदाधिकारी, क्याम्पस प्रमुख र विद्यार्थी संगठनहरुबीच भएको सहमतिपछि १४ फागुनमा हुने भनिएको स्ववियु निर्वाचन १८ फागुनमा मात्रै हुने भएको छ ।
नेत्रविक्रम चन्द माओवादीको आठौं महाधिवेशन चलिरहेकाले चन्द निकट विद्यार्थीहरुले आफुहरुको महाधिवेशनलाई पनि महत्व दिनु पर्ने भन्दै देशभरका विभिन्न क्यापसमा ताला लगाएका थिए । उनीहरुले आफुहरुको सबै कार्यकर्ता महाधिवेशनमा लागेकाले केही दिन पर सार्न भन्दै तालाबन्द गरेका हुन् । निर्वाचन सरेसँगै विज्ञप्ति निकालेर धमाधम ताला खोलिएको चन्द माओवादी निकट अखिल क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउनेले हाम्राकुरालाई जानकारी दिए ।
उनले भने, ‘उपत्यकाबाहिर ताला खुलिसक्यो । उपत्यकामा विज्ञप्ति प्रकाशनमा ढिलाई भएकाले केही ढिलाई भएको छ ।’ अब फेरि पनि अवरोध गर्ने की ? जवाफमा उनले भने, ‘अब अवरोध हुँदैन हामीले जे भनेका थियौँ त्यही अनुसार मिति सरेपछि अवरोध हुँदैन हामी निर्वाचनमा भाग लिन्छौँ ।’ उनले भनेका छन्, ‘पूर्ण समानुपातिकको विषयले पनि निर्वाचन रोक्न खोजिएको थियो । तर, त्यो विषय हाललाई टरेको छ । स्ववियु चुनाव हुन्छ । मिश्रित प्रणालीमै हुने हो ।’