वरिष्ठ नेताको कुर्सीमा बसेपछि जानकी मन्दिरको शरणमा पुगे बालेन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ४ आइतबार
1.1k
Shares
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वरिष्ठ नेताको जिम्मेवारी सम्हाले लगत्तै वालेन्द्र शाह (बालेन) जनकपुर पुगेका छन्। राजनीतिक जीवनको नयाँ इनिङ सुरु गरेका बालेन जानकी मन्दिरको शरण जनकपुर पुगेका हुन् । सोमबार बिहानै जानकी मन्दिरमा उनले विशेष पूजाअर्चना गर्ने बताइएको छ ।
जनकपुर विमानस्थलमा ओर्लिँदा समर्थकहरूको बाक्लो उपस्थितिका बीच उनले संक्षिप्त प्रतिक्रिया दिएका थिए । बालेन र रविको यो भ्रमणलाई मधेश प्रदेशमा रास्वपाको प्रभाव विस्तार र आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको रणनीतिका रूपमा हेरिएको छ।
मेयरको रूपमा प्रशासनिक अनुभव बटुलेका बालेन अब रास्वपाको नीतिगत तहमा बसेर राष्ट्रिय राजनीतिमा सक्रिय हुने तयारीमा छन्।