arrow

प्रतिनिधि सभा निर्वाचन

निर्वाचनको 'काउन्टडाउन' शुरु: देशभर 'निर्वाचन आचारसंहिता २०८२' लागू

मन्त्रीदेखि मतदातासम्मलाई लाग्यो आचारसंहिता, उल्लंघन गर्नेलाई कारबाहीको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ५ सोमबार
election-falgun2102082-1.jpg

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी आज (सोमबार) देखि देशभर 'निर्वाचन आचारसंहिता, २०८२' लागू गरेको छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले स्वीकृत गरिएको यो आचारसंहिता नेपाल राजपत्रमा समेत प्रकाशित भइसकेको छ।

आयोगका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि विभिन्न निकाय र त्यहाँ कार्यरत व्यक्तिहरूलाई यसको पालना अनिवार्य गरिएको छ। यो आचारसंहिता नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरू, र सरकारी वा प्रदेश सरकार मातहतका सबै निकायका पदाधिकारीहरूमा लागू हुनेछ।

त्यसैगरी, स्थानीय कार्यपालिकाका सदस्यहरू, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकायका कर्मचारी, र सरकारी एवं अर्धसरकारी संस्थामा कार्यरत कर्मचारीहरू पनि यसको दायरामा समेटिएका छन्।

आचारसंहिताको दायरालाई व्यापक बनाउँदै आयोगले राजनीतिक दल, तिनका भातृ सङ्गठन, उम्मेदवार, निर्वाचन प्रतिनिधि, र सार्वजनिक पद धारण गरेका व्यक्तिहरूलाई समेत यसको पालना गर्न निर्देशन दिएको छ।

पर्यवेक्षण गर्ने संस्था, सञ्चार प्रतिष्ठान, सञ्चारकर्मी, निजी तथा गैरसरकारी संस्था, शिक्षण संस्थाका शिक्षक र कर्मचारीहरूलाई पनि आचारसंहिता लागू हुनेछ।

त्यसैगरी, मतदाता, विकास साझेदार संस्था, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी, र व्यापारिक तथा औद्योगिक क्षेत्रका पदाधिकारी एवं कामदारहरू समेत आचारसंहिताको दायराभित्र परेका छन्।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचनको पवित्रता कायम राख्न र आचारसंहिताको पूर्ण कार्यान्वयनका लागि सबै सरोकारवाला पक्षबाट सहयोगको अपेक्षा गरिएको बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ