जानकी मन्दिरमा आरतीपछि सिराहा पुगे बालेन, अमरेश पनि सँगै
मधेस आन्दोलनका प्रथम सहिदप्रति प्रकट गरे श्रद्धाभाव
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ५ सोमबार
2.7k
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका पूर्व मेयर वालेन्द्र साह बालेनले मधेस आन्दोलनका प्रथम सहिद रमेश महतोको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका छन्।
सिराहाको लहान नगरपालिकामा आयोजित विशेष कार्यक्रममा साहले सहिद महतोको योगदान मधेसका लागि मात्र नभई समग्र राष्ट्रकै लागि प्रेरणाको स्रोत रहेको बताए। सहिदहरूको बलिदानले नै मुलुकमा वर्तमान लोकतान्त्रिक उपलब्धि सम्भव भएको चर्चा गर्दै उनले सहिदको सपना साकार पार्न इमानदार राजनीति, सुशासन र न्याय अपरिहार्य रहेको धारणा व्यक्त गरे।
यस कार्यक्रममा बालेनका साथमा स्वतन्त्र सांसद अमरेशको पनि उपस्थिति रहेको थियो। लहान पुग्नुअघि उनीहरूले आज बिहानै जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिरको दर्शन गरी नियमित बिहानी आरतीमा सहभागिता जनाएका थिए।
बालेन र अमरेशको यो संयुक्त उपस्थितिलाई मधेसको राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ। विशेष गरी सांसद सिंह पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने तयारीमा रहेको चर्चा चलिरहेका बेला उनीहरू सँगै देखिनुलाई महत्त्वका साथ हेरिएको छ।