arrow

देउवाले भने–राप्रपाले पूर्वाञ्चलमै बढी मत ल्याएको थियो विचार गर्नुस् है ओली जी !

logo
प्रकाशित २०७३ फागुन ६ शुक्रबार
deuba-ganeshmanko-batoma.jpeg

काठमाडौं । काँंग्रेस सभापति शेरबहादुर देउवाले काँग्रेस सधै विजयी नै रहने बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकताको महाधिवेशनको उद्घाटन् सत्रमा देउवाले सबै पार्टी काँग्रेसकै सिद्धान्त बहुदलीय व्यवस्थामा आएकाले काँग्रेस सधैँ जितिरहने बताएका हुन् ।

देउवाले भने, ‘ ओली जीले जितका कुरा गर्नु भो । राप्रपाले सिध्याउला होसियार हुनुस् भन्नु भो । सबै पार्टी बहुदलीय व्यवस्थामा आएपछि काँग्रेसको त्यसै जित भइहाल्यो नि ! ।’ हाम्रो पार्टी विजयी नै रहने छ । हाँस्दै देउवाले भने, ‘पूर्वाञ्चलमै राप्रपाले सबैभन्दा बढी मत ल्याएको थियो । विचार गर्नुस् है ओली जी ।’

संविधान कार्यान्वयन गर्न तीनै तहको निर्वाचन आवश्यक रहेको भन्दै सभापति देउवाले सबैको सहमति आवश्यक रहेको बताए । यस्तै, विगतमा राप्रपाका नेताहरुसँग मिलेरै काम गर्दै आएको सम्झदै देउवाले अब उपरान्त पनि राप्रपाका साथीहरु मिलेर एक ढिक्का भएर आउने विश्वास गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ