arrow

चुनावी प्रचारमा सरकारी गाडी चढे कारबाही हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ६ मंगलबार
election-nirbachan-nepal-2082-hamrakura.jpg

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई निष्पक्ष र मर्यादित बनाउन जिल्ला प्रशासन कार्यालय महोत्तरीले सरकारी सवारीसाधनको प्रयोगमा कडाइ गरेको छ। प्रशासनले एक सूचना जारी गर्दै निर्वाचनका कुनै पनि गतिविधि वा राजनीतिक कार्यक्रममा सरकारी साधन प्रयोग नगर्न राजनीतिक दल तथा तिनका भ्रातृ सङ्गठनहरूलाई निर्देशन दिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी सञ्जयकुमार पोखरेलद्वारा जारी सूचना अनुसार जिल्लामा शान्ति, सुरक्षा र अमनचयन कायम राख्न राजनीतिक दलहरूले गर्ने सभा, सम्मेलन वा अन्य कार्यक्रमहरू आयोजना गर्नुअघि प्रशासनको अनिवार्य अनुमति लिनुपर्नेछ। निर्वाचन आचारसंहिताको पालना गराउन र निर्वाचन प्रक्रियालाई प्रभावमुक्त राख्न यो कदम चालिएको प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले महोत्तरीका चारवटै निर्वाचन क्षेत्रमा आज हुने उम्मेदवार मनोनयन दर्ताका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ। सबै निर्वाचन अधिकृतका कार्यालयहरू उम्मेदवारी दर्ताका लागि तयारी अवस्थामा रहेका छन् भने सुरक्षा व्यवस्थालाई पनि अत्यन्तै सुदृढ बनाइएको छ। प्रशासनले दलहरूलाई निर्वाचन कार्यक्रममा उत्साहपूर्वक तर नियमसम्मत रूपमा सहभागी हुन आह्वान गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ