कांग्रेसले छान्यो उम्मेदवार, को कहाँबाट ? [सूचीसहित]
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ६ मंगलबार
4k
Shares
तस्बिर : फाइल
काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी मनोनयन दर्ताको समय सकिन केही घण्टा बाँकी हुँदा उम्मेदवारहरूको चयन पूरा गरेको छ ।
काठमाडौँबाट दुर्गमका जिल्लाहरूको मनोनयन सोमबारै टुंगो लगाइएको थियो भने उपत्यकाभित्रको टुंगो आज अन्तिम समयमा मात्र लगाइएको हो ।
सभापति गगनकुमार थापा सर्लाही ४ बाट उम्मेदवार बनेका छन् भने उनले अहिलेसम्म अपराजित रहँदै संसदमा पुगेको क्षेत्र काठमाडौँ ४ मा सचिन तिमल्सिना उम्मेदवार बनेका छन् ।
यसपालि निवर्तमान सभापति शेरबहादुर देउवा भने चुनावमा लडेनन् । डडेलधुरामा उनको ठाउँ नैनसिं महरले लिएका छन् ।
सबै क्लस्टर, जातजाति सबै मिलाएर सन्तुलित बनाउँदा समय लागेको कांग्रेसले जनाएको छ । त्यस्तै नयाँ उम्मेदवार धेरै छन् भने जेन–जीले पनि अवसर पाएका छन् ।
यता कैलाली ४ मा वीरबहादुर बलायरले अन्तिम समयमा आफू उम्मेदवार नहुने घोषणा गरेका छन् । उनको नाम समावेश भए पनि उनले अन्तिम समयमा आएर चुनाव नलड्ने निर्णय गरेका छन्।
बारम्बार छोटो अवधिमै निर्वाचन गर्नुपर्ने अवस्थाप्रति असन्तुष्टि जनाउँदै बलायरले यसपटक प्रतिस्पर्धामा नजाने स्पष्ट पारेका हुन् ।