arrow

आधारभूमि फर्किए प्रचण्ड: रुकुम पूर्वबाट उम्मेदवारी दर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ६ मंगलबार
prachanda-rukum.jpg

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज रुकुम पूर्वबाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। जनयुद्धको आधारभूमि र आफ्ना पुराना सहयोद्धाहरूलाई सम्मान गर्दै यसपटक उनले यो क्षेत्र रोजेका हुन्। २०७९ को निर्वाचनमा गोरखा-२ बाट निर्वाचित भएका दाहालले यसपटक रुकुम पूर्वका मतदाताहरूको विश्वास जित्ने सङ्कल्पका साथ चुनावी मैदानमा उत्रिएको बताएका छन्।

उम्मेदवारी दर्ताका क्रममा दाहालले देशभरि 'तारा' चुनाव चिह्न लिएर चुनावी प्रतिष्पर्धामा होमिएका आफ्ना पार्टीका सम्पूर्ण उम्मेदवारहरूलाई अग्रिम बधाई तथा सफलताको शुभकामना समेत व्यक्त गरेका छन्। उनले नयाँ पार्टी एकता र उत्साहका साथ देशलाई सुशासनको मार्गमा लैजान यो निर्वाचन कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे।

भ्रष्टाचारमुक्त प्रशासन, समुन्नत आर्थिक विकास र सामाजिक न्यायसहितको नयाँ नेपाल निर्माण गर्ने साझा संकल्प पूरा गर्नका लागि उनले सम्पूर्ण नेपाली मतदाताहरूलाई 'तारा' चिह्नमा मतदान गरी आफ्नो पार्टीका उम्मेदवारहरूलाई अत्यधिक बहुमतले विजयी गराउन अपिल गरेका छन्। निर्वाचन आयोगको कार्यतालिका अनुसार आजै देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उत्साहपूर्ण रूपमा मनोनयन दर्ता भइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ