कांग्रेस महामन्त्री पौडेलले गराए काठमाडौँ ५ बाट उम्मेदवारी दर्ता
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ६ मंगलबार
872
Shares
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौँको निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
महामन्त्री पौडेलले मंगलबार निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन् । पौडेलले यसअघि २०७९ मा भएको निर्वाचनमा पनि यही क्षेत्रबाट उम्मेद्वार भएर जित हासिल गरेका थिए ।
काठमाडौँ ५ मा नेकपा एमालेले ईश्वर पोखरेललाई उम्मेद्वार बनाएको छ । गत निर्वाचनमा पनि पौडेल र पोखरेलबीच नै प्रतिष्पर्धा भएको थियो ।
यसपटक पनि पौडेल र पोखरेल आमने–सामने भएका छन् । यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वअध्यक्ष कमल थापालाई उम्मेद्वार बनाएको छ ।
शीर्ष नेताहरुको प्रतिष्पर्धा हुने भएकोले काठमाडौ क्षेत्र नम्बर ५ को निर्वाचन रोचक हुने भएको छ ।