काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट नेपाली कांग्रेसका तर्फबाट नानू बास्तोला उम्मेदवार बनेकी छिन्। बास्तोला नेपाली कांग्रेसकी केन्द्रीय सदस्य हुन्।
उनी काठमाडौं-९ मा जनतासँग भिजेकी नेतृका रुपमा चिनिन्छिन् । स्थानीय जनताका सुखदुःखमा दलीय स्वार्थ भन्दामाथि उठेर व्यवहार गर्ने बास्तोलाले महिला सशक्तीकरण र सामाजिक कार्यमासमेत पहिचान बनाएकी छिन् ।
युवालाई साथ लिएर हिँड्ने तथा अग्रजलाई सम्मान गर्ने उनको स्वभावले उनलाई प्रिय बनाएको उनलाई चिन्नेहरु बताउँछन् ।