arrow

हुम्लामा आठ दलको उम्मेदवारी दर्ता

logo
जनकबहादुर शाही, 
प्रकाशित २०८२ माघ ६ मंगलबार
jaypati-rokaya-humla.jpg

हुम्ला । आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि हुम्ला जिल्लाबाट आठ राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय, हुम्लाका अनुसार मंगलबार उम्मेदवारी मनोनयन दर्ता गरिएको हो ।

मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालका अनुसार मनोनयन दर्ता गराउने दलहरूमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र मितेरी पार्टी नेपाल रहेका छन्।

उम्मेदवारहरूमा नेपाली कांग्रेसबाट जयपती रोकाया, नेकपा एमालेबाट दल फडेरा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट डा. दिपेन्द्र रोकाया, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट छक्क बुढा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट टासी ल्हाजोम, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाट कुम्भ बूढा (निर्माण सी), प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट जटिल कार्की र मितेरी पार्टी नेपालबाट जयबहादुर शाहीले उम्मेदवारी दर्ता गराएका छन्।

मुख्य निर्वाचन अधिकृत बरालका अनुसार मनोनयन दर्ता प्रक्रिया बिहान १० बजेदेखि सुरु भए पनि राजनीतिक दलहरूले आपसी समय तालिका मिलाएर दिउँसो १ बजेदेखि ५ बजेसम्म मनोनयन दर्ता गराएका हुन्।

मनोनयन दर्तापछि उम्मेदवारहरूले आ–आफ्ना एजेण्डा सार्वजनिक गरेका छन् । आर्थिक तथा सामाजिक विकास, जिल्लाको समृद्धि र परिवर्तनका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै सबै उम्मेदवारहरूले सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ